ट्रेण्डिङ

होमपेज / बिचार / सम्बाद

अनलाइन कक्षा संचालनका सम्भावना र चुनौतिहरु

  सल्यान खबर डेस्क २०७७ जेठ २ गते शुक्रबार १५:४३:३२ मा प्रकाशित

कोभिड १९ महामारी चिनको हुवेई प्रान्तको वुहानशहरबाट सन २०१९ को डिसेम्बर महिनाकोदोस्रो साता देखि फैलिएको कोभिड महामारिको चपेटामा हालसम्म बिश्वका १९१ भन्दा बढि राष्ट्रहरुका एक अरब साठी लाख विद्यार्थीहरुलाई बिद्यालय बाहिर रहन बाध्य बनाएको छ ।

मानबजातिको अस्थित्वलाई नै चुनौति दिई रहेको यो महामारीका कारण बिश्वका १० वटा राष्ट्र बाहेक अन्य राष्ट्रहरु यसको सिकार भईरहेका छन । विश्वका धेरै शाक्ति शालि राष्ट्रहरुमा लकडाउन जारी छ भने महाशक्ति सम्पन्न राष्ट्र अमेरिकामा यसका कारण सबै भन्दा बढि  मानिसको मृत्यु भएको छ ।

कोभिड १९ को महामारीबाट नेपालमा कुनै अप्रिय घटना नघटेता पनि बिगत २०७६ चैत्र ११ गतेबाट लकडाउन जारी छ । जसका कारण मानिसका दैनिक  क्रियाकलापहरु, सामाजिक कामहरु, राष्ट्रिय योजनाहरुको काम अगाडि बढाउन अबरोध श्रृजना भएको छ । यसले देशको अर्थतन्त्रमा स्वभाविक असर पु¥याउछ नै तर यसबाट सुरक्षित रहन WHO ले दिएको बच्ने उपायको अबलम्बन गर्ने सिबाय अरुकुनै ठोस औषधि पत्ता लागि सकेको छैन ।

यो समय शैक्षिक सत्रको सुरुवातीको समय हो यति बेला बिगतका बर्षहरुमा बिद्यार्थीको नयाँ भर्ना अभियान ,शैक्षिक क्याल्यान्डर निर्माण, शैक्षिक कार्य योजना निर्माण देखि पाठ्यपुस्तक, बितरणका साथै छात्रबृत्ति बितरण लगायतका कामहरु सम्पन्न भई नयाँ शैक्षिक सत्रको पठन पाठनको सुरुवात भएको अबस्था थियो ।

हाल नेपालमा रहेका सामुदायिक र निजि स्तरमा संचालनमा रहेका बिभिन्न शैक्षिक संस्था तथा अध्ययनरत विद्यार्थी संख्या

शैक्षिक संस्थाको नाम सरकारी/सामुदायिक सामुदायिक निजी जम्मा जम्मा विद्यार्थी संख्या
पुर्ब प्राथामिक ३०,०९७   ५,८९६ ३५,९९३ ९,७३,९००
आधारभुत २२,२२६   २,६७२ २४,८९८ ५५,५५,३७९
माध्यमिक ६,६२३   ३,५३४ १०,१५७ १६,५९,१४५
प्राबिधिक ५९ ५५४ ४२९ १०४२ ८५,१६५
क्याम्पस/बिश्वबिद्यालय     १०० ५३२ ७७७ १४०९ ४,२३,९९६

यि माथि उल्लेखित डाटाहरुको आधारमा नेपालका बिभिन्न शिक्षण संस्थाहरुमा अध्ययनरत करिब ८० लाख विद्यार्थीहरुको पठनपाठन स्थगन भएको अबस्था छ । जस मध्यमा कक्षा १ देखि ९ सम्मका झण्डै ६० लाख विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशनकै क्रममा छ । २०७६ सालको SEE परीक्षा दिनलाई तयार भई बसेका करिब ४,८२,७०७ विद्यार्थीहरुका लागि १०,९९५ परिक्षा केन्द्र स्थापना भई सम्बन्धित केँद्रमा केन्द्राध्यक्षहरु खटाई सकिएको अबस्थामा परिक्षा स्थगन छ । साथै २०७७ बैशाख  ८ र २१ गतेबाट संचालन हुने भनिएको कक्षा ११ र १२ को परीक्षा पनि अनिश्चित छ ।

नेपाल सरकार शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालय देशमा लकडाउनकै अबस्थामा कसरी कुन माध्यामबाट स्थगन परिक्षाहरु संचालन तथा नयाँ शैक्षिक सत्रको पठनपाठन कसरी सुचारु गर्न सकिन्छ भनि बिभिन्न शिक्षाबिद,सम्बन्धित निकायका प्रमुखहरु,शिक्षक महासंघ, शिक्षकका संघ संगठनहरुसंग छलफल गरिरहेको अबस्था छ । यसै परिप्रेक्षमा Online Virtual  कक्षा संचालन देखि बिद्यालयको आन्तरिक मुल्याङकनको आधारमा कक्षा १०,११ र १२ का बिद्यार्थीको परिक्षा बिना नै कक्षामा Upgrade को चर्चा परिचर्चा भईरहेको यस बर्तमान  अबस्थामा Virtual कक्षा संचालनका सम्भावना र चुनौति संग सम्बन्धित यो लेख तयार गरिएको छ ।

सम्भावनाहरु

गरे काम असम्भव के छ र भन्ने उखानलाई चरिचार्थ ठान्ने हो भने नेपालमा पनि Virtual class असम्भव पक्कै हैन । किनकि २०६१-६२ सालतिर भरखर्रका Mobile प्रयोग कर्ता हामि मोबाईल मार्फत कल बाहेक अन्य कुरा गाह्रो नै थियो तर आजभोलि मोबाईल एउटा सामान्य मानिसले पनि सहजे रुपले चलाउन सक्ने हुनुका साथै Mobile माध्यमले बिभिन्न काम गर्न सकिने भएको छ । २००७ सालमा २ प्रतिसत रहेको नेपालको साक्षरता दर हाल १५ बर्ष भन्दा माथिको ५८ प्रतिशत र १५ देखि २४ बर्षको ८५ प्रतिशत रहेको छ ।

 साथै नेपालको १५ औं योजना अनुसार १५ बर्ष भन्दा माथिको साक्षरता दर ५८ बाट ९० प्रतिसत र युवाहरुको ९१५ देखि २४० को ८५ बाट ९९ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । बदलिदो यो बिश्व परिबेशमा आफु, समाज र राष्ट्रलाई बदल्ने प्रयत्न गर्नु नै एउटा असल नागरिक, शिक्षक र स्वयम सरकारको कर्तब्य ठानिन्छ । त्यसैले शिक्षा मन्त्रालयले यसमा तत्काल पहलकमी लिन जरुरी छ । नेपालमा मात्र हैन अधिकांस मुलुकले बर्तमानमा उपलब्ध सबै पुर्बाधारलाई सम्मानजनक बितरण प्रणालीसंग जोडन सक्नु पर्छ र त्यसका लागि  उपयुक्त रणनीति तय गर्नु पर्दछ ।

छात्र छात्रा र शिक्षकहरुसम्म पाठयोजना,भिडियो र शिक्षण सिकाई क्रियाकलापहरु अन्य स्रोतहरु ठिकसंग बिद्यालयमा छ कि छैन रणनितिहरु आबस्यक रहन्छन । मोबाईलमा कम डाटा उपयोग बाट पनि पहुँच पुर्याउन सकिने प्रोडकास्ट लगायत साधनको पनि ब्यवस्था हुन जरुरी देखिन्छ ।

नेपाल टेलिकम र एन सियल जस्ता इन्टरनेट सेवा प्रदायीक कम्पनीहरु शुन्यदरको पोलिसी ल्याउन आबस्यक रहेको छ । जसले स्मार्ट फोनहरुमा शिक्षण सिकाई सामाग्रीहरु,मोबाईल एप्लिकेसनहरुका साथै शैक्षिक सामाग्रीहरु डाउनलोड  गर्न मद्दत पुगोस त्यस पछि मात्र बढि भन्दा बढि विद्यालयका विद्यार्थीहरुलाई अनलाईन कक्षामा सहभागि बनाउन सकिने अबस्थाको श्रृजना हुन्छ ।

नेपालको विद्युत , ईन्टरनेट र मोबाईल पहुँचको अबस्थालाई केलाउदा

नेपालमा बसोबास गर्ने ७७ वटै जिल्लाका जम्मा जम्मि ७७।८ जनता मात्र बिधुतको पहुँचमा रहेको अबस्था छ भने बाँकि भागमा  अझै नपुगि सकेको अबस्था छ । हाम्रो देशका ७ प्रदेशहरु मध्य प्रदेश नं १ मा सबै भन्दा बढि ९०।३० प्रतिसत र कर्णालि प्रदेशमा सबै भन्दा कम २७ प्रतिशत बिद्युतको पहुँच रहेको अबस्था छ ।

नेपाल भरिको डाटालाई हेर्ने हो भने ६ वटा नगरपालिका र ३७ वटा गाँउपालिका कर्णालीका र ४ नगरपालिका र ११ गाउँपालिका सुदुरपश्चिम प्रदेशका बिद्युतको पहुँच भन्दा बाहिर रहेको अबस्था छ । यसै गरि १६२ वटा नगरपालिका र २८२ वटा गाउँपालिकामा बिद्युत सेवा आंसिक रुपमा रहेको छ ।

हाम्रो देश नेपालमा रहेका जम्मा २९,६०६ सामुदायिक विद्यालयहरु मध्य ८,३६६ वटा बिद्यालयमा मात्र कम्प्युटर कक्षा संचालन र सुबिधा रहेको तथ्याङ्घ छ ।जस मध्यमा पनि जम्मा ३,६७६ बिद्यालगहरुमा मात्र ICT को माध्यमबाट पठनपाठन भएको अबस्था रहेको छ ।  नेपालको जम्मा ८३ प्रतीशत भागमा रेडियो सुनिन्छ भने ७७ वटै जिल्लाको करिब ९० प्रतिशत भु–भागमा बिभिन्न मोबाईल सेवाको सुबिधा रहेता पनि ईन्टरनेटको सुबिधा अत्यन्त कम रहेका छ । Fast network 4G सेवा काठमाण्डौ र पोखरा महानगरपालिकामा मात्र उपलब्ध रहेको छ ।

सल्यानमा रहेका १० वटै स्थानिय तहहरुमा आंशिक रुपमा बिद्युत सेवा उपलब्ध भएता पनि Internet सेवा भने केह सदरमुकाम र आसपासका भागहरुमा मात्र सिमित रहेको अबस्था छ ।

Online Virtual कक्षाबारे नेपालमाअहिले रहेका मौजुदा प्रयासरु

  1. Youtubr.com
  • NCED Virtual classes
  • NEB Students 11, 12
    • DishHome Educational Channel
    • Through NTV and NTV plaus
    • Midas Audio video CD player
    • Tyrocity.com
    • Mero spark.com
    • Khullaktab.com
    • https://Pustakalaya.org.epaath
    • httpa://egr.puatakalaya.org
    • httpa://moecdc.gov.np
    • Online classes from K.U., T.U. and Open University of Nepal

 साथै केहि अन्य Apps रु जस्तै Face book, Twitter, Messanger, Zoom Cloud, Googlemeet,Voov, Social media Viber, Skype, Whatsapp र केहि मोबाईल Applications हरु जस्तै Poster Maer, Slide show, SEEstudy, Khan Academy, Khan Kids,Kinemaster and Socratic etc===

चुनौतिहरुः

यसै सन्दर्भमा सरकारले Virtual Class मार्फत बिद्यालय संचालन र पठपाठनका कुराहरु आधिकारिक रुपमा निर्णय नगरेता पनि आन्तरिक रुपमा यसको प्रयोग मार्फत बिद्यालय, क्याम्पस र बिश्वबिद्यालयका कक्षाहरु संचालनको मनस्थिति बनाईरहेको  देखिन्छ । बिद्यालयमा अनलाईन शिक्षा प्रणालिमा प्रबेश गर्न प्रयाप्त स्रोत साधनको उपलब्धता,दक्ष शिक्षकहरु,दुर तथा अनलाईन शिक्षाको स्पस्ट रणनीति बाहेक बिद्यालयले उचित योजना र पर्याप्त परामर्श बिना नै अनलाईन कक्षामा  प्रबेश गर्दा अर्को जटिल समस्या निम्तिने खतरा पनि उत्तिकै रहेको छ ।

 अनलाईन कक्षा गरे पश्चात पनि बिद्यालयमा हुने आर्थिक ब्यय भारको श्रोत ब्यवस्थापन ,शिक्षण सिकाई क्रियाकलापसंग सम्बन्धित डिजिटल सामाग्री जस्तै मोबाईल,कम्प्युटर,ल्यापटपका साथै अन्य उपकरणको प्रयोगबाट विद्यार्थीहरुमा पर्ने मनोबैज्ञानिक असरहरु,स्वास्थ्यमा पर्ने खतराका साथै यसको दुरुपयोग बाट हुनसक्ने सार्बजानिक अपराधका घटनाहरु र यसबमट बच्न गरिने पहलहरु लाई पनि ध्यान दिन अत्यन्त जरुरी रहेको छ । यसका साथै निम्न कुराहरुको यथोचित ब्यवस्थापनको बारेमा पहल नभए अनाईन कक्षा संचालनमा  समस्या हुने देखिन्छ ।

  • How much coverage?
  • Teaching Materials production, Distribution and use.
  • Device for online course how to manage and how to use.
  • Financial resource
  • Teachers and students Capacity in ICT
  • Sustainability
  • Psychological hazard of using mobile , computer, adict ,Rays from the computer ,device and its effect into the health of the children or students
  • Misuse of internet facilities ,Cyber crime and security.

 

  1. Infrastructure :
  • Availability of Computer , laptop ,smart board and other needed equipments.
  • Broad casting lab materials
  1. Connectivity:
  • Internet facility.
  • Internet 4G facility in mobile in every place.
  1. Curricular:
  • Design of udio vide materials
  • Audio materials
  • Practice books related with ict.
  • Digital content.
  • Time for the manufacture for the materials.
  1. Capacity development:
  • Capacity development of the teacher in ICT for the presentation for online classes.
  • Materials production , distribution.
  • Capacity build of all levels students.
  • Two way communication
  • Assessment and certification

COVID-19  प्रभावित देशरु मध्य (डेनमार्कमा शिशु देखि कक्षा ६ सम्म,मेक्सीकोमा सामाजिक दुरिको पालनाका साथ,सिरियालिवन, दक्षिण कोरिया जहाँ ९०।८ प्रतिशत विद्यार्थीहरु  ICT र यो संग सम्बन्धित सबै सुबिधाहरु रहेका छन)  यि ४ वटा देशमा मात्र कक्षा संचालन भएको अबस्था छ ।

तसर्थ नेपालमा Online कक्षा संचालन असम्भव नभएता पनि पुर्णरुपमा देशको सापेक्षतामा कक्षा संचालन पुर्ब सरकारले निम्न कुराहरुमा ध्यान दिन जरुरी देखिन्छ ।

  • अभिभावकहरुलाई यसको बारेमा जानकारीको लागि योजना
  •     Virtual Class को बारेमा बृहत र प्रष्ट योजना
  •     शिक्षकको तर्फबाट गर्न र गराउन सकिने कुराहरु जस्तैः
  • सुचना संकलन ।
  • को र कति विद्यार्थी Online,Television / Radio बाट लाभान्बित हुन सक्छन ।
  •     शै क्षेणिक सामागी्ररुहरुको खोजि
  •     शिक्षक तथा विद्यार्थीहरुको ICT मा स्तरउन्नती
  •     निम्न सम्बन्धित  निकायहरुसंगको सहकार्य आवस्यक रहेको देखिन्छ । र
  • स्थानिय सरकार शिक्षक विद्यार्थी,अभिभावक संघ संगठन आदि
  • बिभिन्न शिक्षाबिदहरु संग
  • स्वस्थ्य संस्थाहरु
  • NGOs/ INGOs
  • NTA आदि

 

                  

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top