होमपेज / बिचार / सम्बाद
एकजना शिक्षक सहभागीको तर्फबाट शिक्षकहरु अरु मुलुकमा जति सम्मानित र सुविधासम्पन्न छन् त्यति नेपालमा हुन नसक्नुको कारण के हो भन्ने प्रश्नको जवाफमा शिक्षाविद प्रा.डा.विद्यानाथ कोइरालाले भन्नुभयो, ‘अन्यत्रका शिक्षकहरु जतिबेला पनि आफ्नो पेशागत लगनशीलता र दक्षताका लागि क्रियाशील हुन्छन् । हामी त्यो अर्थमा आफू क्रियाशील हुन त सकेनौं नै । त्यसको दोषी हामी पनि हौंं भन्नुको सट्टा आफू बाहेक अरुलाई दोषी देख्यौं ।
त्यसकारण हामी अरु मुलुकका शिक्षक जस्तो हुन सकेनौं ।’ त्यही अवसरमा यो पङ्तिकारले पनि शिक्षाविद कोइरालालाई सोध्यो, ‘अवको शिक्षण सिकाइ भर्चुअल हिसावले जाने हो भने ठूलाठूला विद्यालय भवनहरु पो किन बनाउनु प¥यो र ?’ वहाँको जवाफ थियो, ’अनलाइन लर्निङमा सिफ्ट हुने लक्ष्य राख्ने हो भने त्यसको आवश्यकता पनि छैन ।
अहिले मात्र होइन पहिलेदेखि नै यमानका भौतिक पूर्वाधार भएका विद्यालयहरु बनाउने पक्षमा मेरो सहमति भएन ।’ उल्लिखित छलफल र भलाकुसारी भएको थलो नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतले आयोजना गरेको जुम क्लाउड मिटिङ हो । हामी फरक फरक ठाउमा थियौं तथापि सँगै थियो । म आफू बाँकेको एकान्तबासमा थिएँ ।
शिक्षाविद कोइराला काठमाण्डौंको एकान्तबासमा हुनुहुन्थ्यो । पचास जना भन्दा बढि बैठकका सहभागीहरु सुर्खेत लगायत मुलुकका विभिन्न भागमा रहेका एकान्तबासबाट बैठकमा सहभागी भइरहनु भएको थियो । एउटालाई अर्कोले एउटै टेबुलमा बसे झै गरी हाँसेको र मुस्कुराएको देखिरहेका थियौं । अनुहारको प्रस्तुतिबाट समेत दोहोरा सम्बाद भइरहको थियो ।
यस्तो लागिरहेको थियो कि भौतिक हिसावले हामी एउटै तालिम हलमा बसेर बहस र छलफल गरिरहेका छौं । त्यही दिन कर्णाली प्रदेशस्तरीय शिक्षक महासंघले आयोजना गरेको त्यस्तै बैठकमा मध्यपश्चिम विश्विद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका उर्जावान विचारहरु सुन्ने अवसर मिल्यो । सुन्ने अवसर मात्र होइन जिज्ञाशा राख्ने अवसर पनि मिल्यो ।
मैले वहाँलाई सोधेको थिएँ– ‘विश्वविद्यालयहरुलाई राजनीतिक दलका कार्यकर्ताको भर्तिकेन्द्रको रुपमा परिणत बनाएको अवस्थामा यस्ता संस्थाहरुबाट कसरी गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिन्छ ?’ मेरो जिज्ञाशामा वहाँले ’हेर्दै जानोस म गरेर देखाउछु’ भन्दै गतिलै र आशलाग्दो जवाफ दिनु भएको थियो ।
हामी सहभागीहरुले वहाँलाई सफलताका लागि शुभकामना दिदै हामी पनि यो मामलामा तपाइसँगै साथमा छौं भनेका थियौं । लकडाउनको अवधि यसरी नै सदुपयोग हुदै आएको छ मेरो निम्ति । यो नै लकडाउनको ठूलो उपलब्धि हो जस्तो पनि लागिरहेको छ मेरो निम्ति । अग्रीम टाइम मिलाएर भेट्नु पर्ने मन्त्री र अतिविशिष्ट सरहका व्यक्तित्वहरुसँग सञ्चोविसञ्चोको हालखवर सोधपुछ गर्दै आफ्नै घरको लिभिङ रुपमा बसेर चियापानको झन्झट समेत नगरी भलाकुसारी गर्न पाउदा अचम्मकै खुशीको अनुभूति भइरहेको छ ।
यसरी नै खुशीपूर्वक हरेक दिनजस्तो एउटा न एउटा जुम क्लाउड मिटिङमा सहभागी हुने अवसर मिलिरहेको छ । शुरुमा शिक्षा समूहको कर्णाली प्रदेशस्तरीय कोविड १९ को प्रतिरक्षा सम्बन्धी योजना निर्माण सम्बन्धीको बैठकमा सहभागी भएँ । तत्पश्चात प्रदेश नं. ५ र कर्णाली प्रदेशको प्रविधिमैत्री शिक्षक समाजले आयोजना गरेको बैठकमा सहभागी भएँ । कतै कतै त सहजकर्ताको रुपमा पनि प्रस्तुत भएँ । राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको अन्तरक्रियामा पनि यसरी नै सहभागी भए ।
बाहिर निस्कनु पनि नपर्ने, सडकमा भीडभाड पनि नहुने । पेट्रोल खर्च पनि नहुने । कायदाको लाग्यो यो तरिका । काइदाको यो तरिकाले लकडाउन अवधिमा फाइदै फाइदा भएको अनुभूति भइरहेको छ मलाई । लकडाउन नभइदिएको भए सायद यो जुम क्लावड मिटिङको फाइदाबाट लाभान्वित हुने अवसर यो पङ्तिकारलाई यत्ति छिटै उपलब्ध हुने थिएन होला सायद ।
यस्तै यस्तै जुम मिटिङहरुमा सहभागी हुदै गर्दा मेरो दिमागमा एउटा कुरा क्लिक भएको छ कि अन्ततः अव हाम्रा विद्यालय र कलेजहरुको शिक्षण सिकाइको प्रभावकारी तरिकाको रुपमा यो तरिकालाई उपयोग गर्न सकिन्छ । इन्टरनेटमा सर्च गर्दै जाँदा बोध भयो कि कोविद–१९ पछिको संक्रमण पछि धेरै देशहरुले यो मोडेललाई कार्यान्वयन गरिसकेका रहेछन् । कतिपय विकसित देशहरुले त आफूसँग भएका साधन र स्रोतहरुलाई शिक्षण सिकाइमा प्रयोग गरेर अनलाइन मार्फत कक्षाहरु सञ्चालन गरिरहेका छन् ।
प्रा.डा. मनप्रसाद वाग्लेका अनुसार चाइना, डेनमार्क, जर्मनी, स्वीडेन लगायतका देशहरुमा सामाजिक दुरीको विशेष व्यवस्था, सावधानी, सरसफाइको उच्च सतर्कतासहित विद्यालयहरु सञ्चालन गरिरहेको अवस्था छ । यद्यपि कोरोनाको भयको कारणले विद्यार्थीहरुको नियमित उपस्थितिमा भने ती देशहरुमा पनि केही समस्या देखिएको छ ।
हाम्रो देशमा पनि विद्यालय र क्याम्पसहरुलाई सुचारु गर्नको लागि सोच्नु पर्ने अवस्था टड्कारो देखिएको छ । सर्वप्रथम त कक्षा दश, एघार र बारहका स्थगित परीक्षाहरु स्तरीकृत परीक्षाको मूल्य र मान्यतामा आँच नपुग्ने गरी स्थानीय सरकार र विद्यालयलाई पूर्ण विश्वासका साथ उनीहरुलाई जिम्मेवार बनाउदै सञ्चालन गर्नु आवश्यक छ ।
परीक्षण र ट्यावुलेसन प्रणालीलाई विकेन्द्रित गरी पूर्वनिर्धारित समयमै नतीजा प्रकाशन गर्न सक्नुपर्दछ । यसको साथसाथै विद्यार्थीहरुको भर्ना अभियानलाई पनि सँगसँगै सञ्चालन गर्नुपर्दछ । भर्ना अभियान सञ्चालन गर्दा स्थानीय तह र विद्यालयको सहकार्य र समन्वयमा एकैपटक भेरै भीडभाड नहुने गरी कक्षा वा टोल अनुसारको समय मिलाएर भर्नाको समय तालिका मिलाउनु पर्दछ । नयाँ पाठ्यपुस्तक उपलब्ध नहुँदासम्म पुराना पाठ्यपुस्तकहरु संंकलन गरी पुनर्वितरण गरिनु पर्दछ ।
भर्नाकै समयमा अभिभावक र विद्यार्थीहरुको सम्बन्धमा घरमा रेडियो, टिभी, इन्टरनेटका साथै विद्यार्थीहरुलाई सहजीकरण गर्नका लागि विद्यार्थीभन्दा माथिल्लो तहको शिक्षा अध्ययन गरेको व्यक्ति भए नभएको समेत अभिलेख लिनु आवश्यक देखिन्छ । डा मनप्रसाद वाग्लेले भने झै विद्यार्थीहरुलाई चार समूहमा विभाजन गर्नु पर्दछ । पहिलो रेडियो वा एमएफ पनि नभएका वा रेड





.jpg)