होमपेज / बिचार / सम्बाद
प्रतीक इच्छुक शर्मा
स्वास्थ्य क्षेत्रमा केही समय यता मानसिक स्वास्थ्यका विषयमा चर्चा हुन थालेको भएपनि यस वारेमा समुदाय स्तरमा अझै पनि छलफल भएको पाईदैन । नीतिगत रुपमा सरकारले मानसिक स्वास्थ्यको सवाललाई अघि वढाएको भएपनि कार्यक्रम वजेट उल्लेखनिय रहेको पाईएको छैन । राजनैतिक ब्यवस्था परिवर्तन भएर तीन तहका सरकार निर्माण भएको छ । सिहदरवार केन्द्रीत अधिकार गाउँमा आएको भनिए पनि स्वास्थ्य क्षेत्रमा प्रत्याभू ितगर्न सक्ने अझै वातावरण वनेको छैन । राज्यका तर्फवाट स्वास्थ्य क्षेत्र नै प्राथमिकता पर्न सकेको छैन भने यस्तो अवस्थामा मानसिक स्वास्थ्यको सवाल धेरै टाढाको विषय हुने नै भयो ।
मानसिक स्वास्थ्य भन्नाले के बुझिन्छ ? कुनै पनि ब्यक्तिको मनले गर्ने विभिन्न कामहरु जस्तैः सोचाई, निर्णय गर्ने क्षमता, स्मरण शक्ति, भावना तथा संवेगको नियमन आदिमा ब्यक्तिको सामाजिक परिस्थितिसँग मेलखाने गरी सम्पन्न गर्न सक्नु नै मानसिक रुपमा स्वस्थ्य हुनु हो । विश्व स्वास्थ्य संगठनका अनुसार पनि मानसिक स्वास्थ्य भनेको ब्यक्तिको सुस्वास्थ्यको अवस्था हो जसमा ब्यक्तिले आपूmसँग भएको सामथ्र्यलाई महसुस गर्न, जीवनका सामान्य तनावहरुलाई सहन गर्न र आफ्नो क्षमता अनुसार परिवार र समाजको लागि योगदान गर्न सक्दछन् । मानसिक रोग भनेको के हो ? ब्यक्तिका मनका भावना, विचार वा सोचाईहरुमा आउने विचलनले गर्दा भावना, विचार तथा ब्यवहारमा जुन गडबडी देखिन्छ, त्यसलाई मानसिक रोग भनिन्छ । तर हाम्रो गाउँ समाजमा मानसिक रोग देवी देवताले गर्दा हुने रोग हुने गलत वुझाई छ । यो रोग उपचारगरेर निको हुने भएपनि पूर्व जन्मको पाप वा श्रापले गर्दा यो रोग लाग्ने गर्दछ भन्ने भ्रम छ मानसिक रोग एक पटक लागेपछि पूनं दोहोरिरहने रोग हो, एकपटक मानिसलाई यो रोगले छोएमा जिवनभरी नै छोड्दैन जसले गर्दा यो रोग लागेका मानिसलाई कुनैपनि कामको अवसर दिनुहुदैन भन्ने बुझाई छ । यो वुझाईलाई वदल्न पनि समुदाय स्तरमा जनचेतनामूल कार्यक्रम सञ्चालन गर्न जरुरी छ । मानसिक रोगको सफल उपचार मनोचिकित्सक लगायत मनोविद, मनोपरामर्शकर्ताबाट हुन सक्छ । यो कसरी वुझाउने भन्ने सवाल अहिले खडा भएको छ । समुदाय स्तरमा विभिन्न किसिमवाट मानसिक रोग अभिब्यक्त भएको छ ।
आर्थिक समाजीक, राजनैतिक आदि कारणले मानसिक स्वास्थयको समस्या वढ्दै गएको छ । मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न सकिएने भने यसले दिगो विकासमा ठूलो असरपार्ने छ ।
सल्यानमा पनि मानसिक रोगको विरामीको संख्या वढेको पाईएको छ । जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदीप शर्माका अनुसार मानसिक रोगहरुमा चिन्ता सम्वन्धि (एन्जाइटी) रोगहरु, दिक्दारीपन (डिपे्रसन), आत्महत्या, मानसिक असन्तुलन, छारे रोग, मद्यपानको लत लगायतका रहेका छन् । यहाँ मानसिक रोगीको संख्या वढेको पाईएको छ । चिन्ता रोग, निराशा का विरामीको संख्या वढेको हो । जिल्ला अस्पताल सल्यानमा प्रत्येक महिनामा ८० देखि १सय जना विरामी आउने गरेका छन् । जिल्ला अस्पताल सल्यानका चिकित्सक प्रदिप शर्माले मदाक पदार्थ सेवन, झै झगडा , वैदेशिक रोजगारी आदि मानसिक समस्या वढ्दै गएको वताउनुभयो । उहाका अनुसार वन्दा वन्दी अघि र पछि विरामीको संख्या वरावरी रहेको छ ।
स्थानीय तहमा मानसिक स्वास्थ्यको विषय प्राथमिकतामा पर्न सकेको छैन । स्थानीय तहमा रहेको स्वास्थ्य शाखामा मानसिक रोगका विरामीको रेकर्ड नै राखिएको छैन । दार्मागाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ वस्नेत मनोसमाजीक समस्याका विरामी पाईएको वताउनुभयो । उहाका अनुसार सडक खानेपानी लगायतका पूर्वाधारमा मात्र स्थानीय सरकारको ध्यान रहेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा वजेट लगायतका कार्यक्रम नै छैन ।
कुमाख गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानसिह वलीले आफुसंग मानसिक स्वास्थ्यको कुनै कार्यक्रम नभएको वताउनुभयो । उहाका अनुसार सामान्य किसिमका रोगी भेटिएपनि सिफारिस गर्ने गरिएको छ ।
स्थानीय तहको मानसिक स्वास्थ्य क्षेत्रको लगानी र सल्यान अस्पतालको रेकर्डलाई अध्ययन गर्न मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी वढाउनु पर्ने देखिन्छ । सल्यान जिल्ला अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने रकम र जनशक्तिको अभाव रहेको छ । विरामी अनुपातमा औषधी र मनोविर्मशकर्ताको अभाव रहेको जिल्ला अस्पताल सल्यानले जनाएको छ । चिकित्सक प्रदिप शर्माका अनुसार विरामी धेरै आउने सल्यान अस्पतालमा मनो विमर्शकता एक जना भएकाले समस्याभएको छ ।
अहिले विश्व कोभिड १९ को चपेटामा रहेको छ । कोरोना का कारण जनजीवन अस्तब्यस्त वनेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्याक हेर्दा मानसिक रोग भुसको आगो झै भित्र भित्रै सल्कीरहेको छ । कोरोना रोग वाट वच्न गरिएको बन्दाबन्दीको समयमा आत्महत्या गर्ने घटनामा संख्यामा वृद्धि आएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांक अनुसार गएको चैत्र ११ गते देखि अहिले सम्म ७७ जनाले आत्माहत्या गरेको प्रहरीको तथ्याङमा रहेको छ । जसमा झुन्डीएर मृत्यु हुने ५० जना, विस सेवन गरेर मृत्यु हुने २६ जना र एक जना पानि टयाङकीमा हाम फालेर आत्माहत्या गरेको पाइएको छ । मृतक मध्ये पुरुष ४०, महिला २४ जना, बालक ६ जना, बालिका ७ जना रहेका छन् । आत्महत्या गर्ने बालबालिका देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।
मानसिक स्वास्थ्यको समस्या बालवालिका समेत देखिएको छ । विद्यालय स्तरवाटै मानसिक रोगका वारेमो सचेतना जगाउनु पर्ने देखिएको छ । मानसिक तनावका कारण आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण वलीले बताउनुभयो । उहाका अनुसार मानिस बढी महत्वाकांक्षी हुनु, मानसिक तनाज, बहुविवाह, आत्मग्लानी र गरिबीका कारण वर्षेनी आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ ।
बढ्दै गएको शहरीकरणसँगै महत्वाकांक्षा पनि थपिदै जाने तर महत्वकांक्षा पुरा नहुने, व्यवसायमा असफलता, पारिवारिक विमेल, लगायतका कारण आत्महत्या बढ्दै गएको पाइन्छ । मानसिक रोगलाई पुर्ण रुपमा देविदेवता, बोक्सीको कारण लाग्ने रोग हो, यसलाई निको पार्न देवि देवता, लागोभागो र बोक्सी लाई नै पूजा गरेर शान्त पार्नु पर्दछ भन्ने सामाजिक वुझाई छ । मानसिक रोग एक पटक लागेपछि पूनं दोहोरिरहने रोग हो, एकपटक मानिसलाई यो रोगले छोएमा जिवनभरी नै छोड्दैन जसले गर्दा यो रोग लागेका मानिसलाई कुनैपनि कामको अवसर दिनुहुदैन भन्ने बुझाई छ । सिएमसी नेपालका मनोपरामर्शदाता लोक बहादुर विकले दैनिक जीवनमा आउने कठिनाईलाई सामना गर्ने क्षामताको कमी र उनीहरुमा सकारात्मक मनोपरामर्शको अभाव रहेको वताउनुभयो । उहाका अनुसार परिवारमा कसैलाई मानसिक रोग लागेमा परिवारका अन्य सदस्यले लुकाएर राख्ने र अरुलाई भन्नु हुदैन लाज हुन्छ भन्ने मान्यता राख्दछन् । अहिले सल्यानमा आत्महत्या गर्नुको ८० प्रतिशत कारण मानसिक स्वास्थ्य सम्बन्धी डिप्रेशन वढि रहेको छ ।
मानसिक रोगलाई समयमै ध्यान दिएर कार्यक्रम सहित वजेट ल्याएर अघि वढ्न आवश्यक छ । मानसिक रोगलाई हलुका रुपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको परामर्श अनुसार उपचार गरेमा बिरामीको अवस्थामा सुधार आई तिनको सुन्दर भविष्यको अपेक्षा गर्न सकिन्छ । मानसिक स्वास्थ्य को विषयलाई समुदाय स्तरमा लैजान आवश्यक छ । मानसिक रुपमा स्वस्थ ब्यक्ति तयारभए मात्र हामीले चाहेको सुखी र खुसी समाजको निर्माण सकिन्छ । वेलैमा जागौ , सहकार्य गरौ अघि वढौ ।
लेखक सल्यानको सामुदायिक रेडियो शारदामा एफएममा कार्यरत हुनु हुन्छ ।