ट्रेण्डिङ

होमपेज / अर्थ

कपुरकोट गाउँपालिकाद्धारा कोरोना जोखिम वीमा

  सल्यान खबर २०७७ जेठ २० गते मंगलबार २१:००:५१ मा प्रकाशित

जेठ २०, सल्यान
सल्यानको कपुरकोट गाउँपालिका सल्यानले कोरोना जोखिम विरुद्ध खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना वीमा गरेको छ । गाउँपालिकाका १ सय २६ जनाको कोरोना वीमा गरिएको गाउँपालिकाले जनाएको छ । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबैको विमा गरिएको गाउँपालिकाले जनाएको छ । 

विमा बापत प्रति व्यक्ति ६ सयका दरले रकम लिइएको र पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा एक लाखसम्म रकम उपलब्ध गराइने नेको इन्सोरेन्स लि. सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिए । विमाकको समय एक वर्षको हुने छ ।

प्रति व्यक्ति एक लाखका दरले एक करोड २६ लाखको विमा गरिएको दाहालको भनाई छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण पछिल्लो समयमा वीमा गर्ने तर्फ सरकारी कार्यालय देखि सर्वसाधारण आर्कषित हुन थालेका छन् । थोरै रकमले पनि धेरै जोखिम बहन गर्ने भएकाले वीमा प्रति सबैको आर्कषण बढेको दाहालले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top