होमपेज / अर्थ
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आफु मातहतका सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना विमा गरेको छ ।
गाउँपालिका भित्र रहेका १ सय ४ जनाको वीमा गरिएको गाउँपालिकाले जनाएको छ । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबैको विमा गरिएको गाउँपालिकाले जनाएको छ ।
विमा बापत प्रति व्यक्ति ६ सयका दरले रकम लिइएको र पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा एक लाखसम्म रकम उपलब्ध गराइने नेको इन्सोरेन्स लि। सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिए । विमाकको समय एक वर्षको हुने छ ।
प्रति व्यक्ति एक लाखका दरले एक करोड चार लाखको विमा गरिएको दाहालको भनाई छ । तीन महिनादेखि जेष्ठ नागरिकसम्मले कोरोना विमा गर्न सक्ने उनको भनाई छ ।






.jpg)