होमपेज / अर्थ
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।
करिब ८० करोड रुपैयाँ बक्यौता नबुझाएपछि प्राधिकरणले लाइसेन्स खारेज गरेको हो । पटकपटक समय थप गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल स्याटलाइटको लाइसेन्स खारेज गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले क्यापिटल नेपाललाई बताए ।
प्राधिकरणले ७ करोड रुपैयाँ बक्यौता रकम तिर्न कम्पनीलाई भदौं १ गतेसम्म समय दिएको थियो । आइतबार पनि स्याटलाइटले बक्यौता नबुझाएपछि स्वतः खारेजीको प्रक्रियामा गएको हो ।
प्राधिकरणलाई नेपाल स्याटेलाइटले ७९ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । प्राधिकरणले उसलाई सात दिनभित्र ७ करोड र तीन महिनाभित्र बाँकी ७३ करोड रुपैयाँ बक्यौता बुझाउन तीन महिनाको समय दिएको थियो ।
सो बक्यौता नतिरेपछि प्राधिकरणको बोर्ड बैठकले कम्पनीको खारेजीको निर्णय गरेको हो । कम्पनीले मन्त्रालयमा खोरजीबारे निवेदन दिनसक्ने प्रवक्ता अर्यालले बताए । यद्यपि टेलिकमले तिर्न बाँकी बक्यौता रकम भने प्राधिकरणले असूल गर्ने उनको भनाइ छ ।





.jpg)