होमपेज / अर्थ
चैत ३०, सल्यान
सिद्ध कुमाख गाउँपालिकाले २सय ७५ गरिब, असहाय तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमणलाइ रोकथाम गर्नको लागि लकडाउनको कारण दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाइ गाउँपालिकाले राहत वितरण गरेको हो ।

असहाय तथा विपन्न परिवारलाइ राहत वितरण मापदण्ड २०७६ बमोजिम ५८०९ केजी चामल, ४७५ केजी दाल, २७५ लिटर खानेतेल र २७५ प्याकेट नुन वितरण गरिएको गाउँपालिका सूचना प्रविधि अधिकृत भिम भण्डारीले बताए ।
राहत वितरण कार्यक्रमबाट आफ्नो दैनिकी चलाउदै आएका गरिव तथा विपन्न परिवारमा खुशी छाएको उनको भनाई छ । नयाँ वर्षको आगमन हुदै गर्दा कोही पनि सिद्ध कुमाख गाउँबासी भोकै वस्नुपर्ने अवस्था आउन नदिन राहत वितरणलाइ प्राथमिकतामा राखेको उनको भनाई छ । लकडाउन लम्विएमा राहत वितरणलार्इ पनि निरन्तरता दिइने गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले जनाए ।
सिद्ध कुमाख गाउँपालिकाका ५ वटै वडामा वडाध्यक्ष, वडा सदस्य र स्थानीय बुद्धिजिवीको सहकार्यमा राहत वितरण गरिएको चलाउनेको भनाई छ ।





.jpg)