ट्रेण्डिङ

होमपेज / अर्थ

डिप्रोक्स लधुबित्तिय संस्थाद्वारा दार्मामा क्षमता विकास तथा बाख्रा पालन सम्बन्धी तालिम

  सल्यान खबर २०८१ फाल्गुण ९ गते शुक्रबार २०:०८:४५ मा प्रकाशित

प्रकाश शर्मा, राम प्रसाद शर्मा फागुन ९,सल्यान 

   डिप्रोक्स लघु वित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरूलाई क्षमता विकास तथा बाख्रा पालन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

दार्मा गाउँपालिका सल्यानको सहिद स्मृति सभा हलमा शुक्रवार  सम्पन्न भएको हो। डिप्रोक्स संस्थामा आबद्ध ५५ जना सदस्यहरूको सहभागी रहेको क्षमता विकास तालिममा तथा बाख्रा पालन तालिममा दार्मा गाउँपालिका पशु सेवा शाखा प्रमुख दिपा पौडेलले बाख्रा पालन कसरी गर्ने , व्यावसायिक रुपमा बाख्रा पालन। गर्दा गर्दा हुन सक्ने विभिन्न रोगको उपचार कसरी गर्ने , रोगका लक्षण कसरी थाहा पाउने लगायतमा तालिम दिनुभएको थियो ।

 दार्मा गाउँपालिकाको सभा हलमा सञ्चालन भएको तालिम मा दार्मा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष  पोखर बहादुर खत्री  दार्मा गाउँपालिका पशु शाखा प्रमुख दिपा पौडेल ,डिप्रोक्स लघुवित्त संस्था कर्णाली प्रदेश प्रमुख राजेश थापा ,डिप्रोक्स लघुवित्त संस्था दार्मा शाखा प्रमुख रुमा थापा लगायतले  तालिम को शुभकामना  राख्नु भयको थियो 

 तालिमका प्रमुख अतिथि दार्मा गाउँपालिका वडानं ३ का वडा अध्यक्ष  पोखर बहादुर खत्री ले संस्था ले लगानी गर्दा जनताको जीवनस्तरमा विकास हुनेगरि लगारिगन्नुपर्ने बत्ताउनु भयो दार्मा गाउँपालिकाको नारा नै उत्पादन मा वृद्धि दार्मा को संबृध्दि भएको बत्ताउनु बताउँदै  दार्मामा लगानी गर्न सहज वातावरण भयकोले दर्माली जनताको जनजीविकाको सवाल प्राथमिकतामा राखी लगानी गर्न  आग्रह गर्नुभयो ।

यस्तै अर्का अतिथि डिप्रोक्स लघुवित्त संस्थाका कर्णाली प्रदेश अध्यक्षले संस्थाको पुजी लगानिगर्दा उत्पादन मा लगानिगर्ने उद्देश्य  भयको तर केही सदस्यले उद्देश्य  विपरित लगानी गर्दा  समस्यामा परेको दाबी गर्नुभयो  कम पुजिभएका सदस्यहरूको लागि सौलियत ब्याज दरमा ऋण उपलब्ध  गराइ सदस्यहरूलाई व्यावसायिक बनाउन चाहेको  बत्ताउनु भयो 

 तालिममा प्रशिक्षक  दार्मा गाउँपालिका पशु शाखा प्रमुख दिपा पौडेलले  बाख्राहरूको जात , खोर व्यवस्थापन ,प्राथमिक उपचार , बाख्रा हरूमा लाग्ने रोगहरू  र  बाख्राहरूको लागि भुईँ घाँस तथा डाले घाँस सम्बन्धी प्रशिक्षण गर्नुभयो  तालिममा दार्मा गाउँ पालिका अन्तर्गत 

६५ जना कृषक महिला सदस्य हरुको उपस्थिति थियो ।डिप्रोक्स लघुवित्त संस्था को दार्मा शाखा अन्तर्गत ८५३ सदस्य छन् भने संस्थाले  ८ करोड रुपैयाँ लगानी गरेको बताएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top