ट्रेण्डिङ

होमपेज / अर्थ

कृषकको जीवनस्तर उकास्न सल्यानको बनगाडमा बाख्रा वितरण

  सल्यान खबर २०८० जेठ ३२ गते बिहीबार १६:०६:३२ मा प्रकाशित

जेठ ३२,सल्यान 

सल्यान वनगाड कुपिण्डे नगरपालिकाले पशु पालक कृषकलाई  बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरूदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ । 

 पशु सेवा शाखा देवस्थलको वार्षिक कार्यक्रम २०७९/ ०८० अनुसार १५ लाखमा बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत महिला बाख्रा पालन कृषक समूह वनगाड कुपिण्डे नगरपालिका ८ कौछेमा बाख्रा बोका हस्तान्तरण गरिएको  पशु सेवा शाखा प्रमुख विना राम बुढाथोकीले जानकारी दिनु भयो ।  । १५ लाख नगर सरकारको अनुदानमा ५० वटा बाख्रा खरी जातको, ५ वटा बोयर बोका, ९ वटा खोर वितरण गरिएको छ । समूहका २५ जना सदस्यहरूलाई बाख्रा बोका वितरण गरिएको छ भने कृषकको ५० प्रतिशत लागत साझेदारी समेत रहेको शाखा प्रमुख बुढाथोकीले बताउनु भएको छ

बाख्रा बोका वितरण कार्यक्रममा बोल्दै वनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले सरकारले कृषकहरूका लागि सहज बाटो देखाउने बताउनु भएको छ । सरकारले देखाएको बाटोमा कसरी लाग्ने अथवा प्रयोग गरेर लाभ लिने त्यो कृषकहरूको जिम्मेवारी भएको समेत बताउनु भएको छ । मेहनत गरेमा दैनिक चलाउन समेत सहज हुने र त्यसको लागि सधैँ सरकार मुख ताक्नु भन्दा सरकारले देखाएको बाटोमा लागेर अगाडि बढ्न समेत अनुरोध गर्नु भएको छ । यो सुरुवात भएकोले मेहनत गरेर लाग्नुस् अनि सफल हुनुस् आफ्नो नगरपालिका बाट अहिले २ हप्तामा एक ट्रक खसी बाहिर जाने र त्यसलाई विस्तारै दैनिक एक ट्रक जाने गरेर सरकार लागेको र त्यसको लागि कृषकले मेहनत गर्नु पर्ने समेत नगर प्रमुख बुढाथोकीले बताउनु भएको छ । 

जुन सुकै कामहरू गर्दा पनि व्यवसाय तरिकाले लागेमा सफल हुने भएकोले नगरपालिकाले बाख्रा, तरकारी, टिमुर,सुन्तला,  भैँसी पालन लगायतको पकेट क्षेत्र समेत घोषण गरेर कृषकहरूलाई सहयोग गर्ने समेत बताउनु भएको छ । कृषकहरूलाई अनुदान दिएर व्यवसायीमा सहयोग गर्दै आय आर्जनमा वृद्धि गरिब लाई हटाउँदै शिक्षा,स्वास्थ्यमा सुधार  ल्याएर जनतालाई कुलत नलाग्न समेत बताउनु भएको छ । नगरपालिकाले सबै जनतालाई सुखी बनाउन चाहेको र त्यसको लागि जनताको सेवामा रातदिन नभनेर सेवा गर्न लाग्ने त्यसको जिम्मेवारी हजुरहरूले दिएको पूरा गर्ने समेत बताउनु भएको छ ।आफू जनताको सेवक भएको समेत बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top