होमपेज / अर्थ
जेठ २१,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई क्षमता विकास सम्बन्धी १० दिने मुडा बुनाई तालिम सम्पन्न भएको छ । वनगाड कुपिण्डे नगरपालिका महिला तथा बालबालिका शाखा देवस्थलको आयोजनामा १० दिने तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले जन्मँदै कोही सिप सिकेर नआउने भएकाले सिप सिक्ने इच्छाशक्ति र त्यसमा निरन्तरता दिन सक्नु पर्ने बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरू विभिन्न काम गरेको उदाहरण दिँदै नगर प्रमुख बुढाथोकीले कार्यक्रम सफल भएको र त्यसलाई निरन्तरता दिने समेत बताउनु भएको छ । कामले काम सिकाउने बताउँदै उहाँले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिले पनि अपाङ्ग जस्तै काम गर्न सक्ने बताउनु भयो ।
भौतिक पूर्वाधारलाई मात्र विकास देख्ने भन्दा पनि सामाजिक, आर्थिक क्षेत्रको विकास महत्त्वपूर्ण भएको उहाँको तर्क छ । सडक मात्र नभएर अन्य क्षेत्रमा समेत काम नगरपालिकाले गर्ने समेत बताउनु भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती मुडा बुनाइ सिकाइ कार्यक्रम राम्रो भएको र यसलाई थप नगरपालिकाले निरन्तरता दिने समेत बताउनु भएको छ । यो सङ्गै अन्य सिपमुलक कार्यक्रम गर्ने समेत बताउनु भएको छ । यसलाई कसरी व्यवहारमा लागू गरेर आर्थिक आय आर्जनमा सिर्जना गरेर आत्म निर्भरमा जोड दिन समेत बताउनु भएको छ । विगतका कमी कमजोरीबाट सिक्दै बाकी दिनमा सुधारेर अगाडि बढ्ने समेत बताउनु भएको छ ।
महिला शाखा प्रमुख निरु शाही मुडा बुनाइ तालिमलाई थप व्यवहारमा लागू गरेर अगाडि बढ्न हौसला प्रदान गर्दै थप अन्य तालिम पनि सिकाउने समेत उहाँले बताउनु भएको छ ।
आयुर्वेदिक शाखा प्रमुख हेमन्त चन्दले स्वास्थ्य सम्बन्धी लगायत आयुर्वेदिक सम्बन्धी कुरा राख्नु भएको थियो आयुर्वेद नै जीवनमा प्रयोग गरेमा धेरै राम्रो हुने भएकोले अपाङ्ग भएका व्यक्तिहरूले पनि त्यसमा ध्यानाकर्षण गर्न समेत आग्रह गर्नु भएको छ । सीप सिक्दै स्वास्थ्य सम्बन्धी ख्याल गर्नु पर्नेमा उहाँले जोड दिनु भएको छ ।
प्रशिक्षक डन्डी खत्रीले सिपलाई निरन्तरता दिनु भएमा धेरै राम्रो भएको बताउनु भएको छ ।
सहभागी रिम बुढाले समय छोटो भएको तालिम सिकाए धेरै राम्रो गरेको यसले आफूलाई जीवन स्तरमा केही सहयोग हुने आशा गरेको समेत बताउनु भएको छ । सहभागी दुर्गा बहादुर बस्नेतले १० दिने क्षमता विकास तालीम सिकाएर नगरपालिका पहिलो पटक गरेको कुनै तालिममा सहभागी हुन पाउँदा असाध्य गर्भ लागेको समेत बताउनु भएको छ अपाङ्ग भएको वर्षौँ हुँदा विगतमा कहिले नभएकोले अहिले हुँदा असाध्य खुसी लागेको र पुन यस्ता तालिम थप्दै जानू होला भन्दै आग्रह समेत गर्नु भएको छ । आउँदो क्षमता विकास तालिम थप अपाङ्गहरूलाई प्राथमिकता दिनुहोला भन्ने आग्रह समेत गर्नु भएको छ ।
सभा अध्यक्ष १ न वडा अध्यक्ष थुम बहादुर बिसी अध्यक्षतामा कार्यक्रम सञ्चालन लक्ष्मी साहीले गर्नु भएको थियो ।





.jpg)