ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको दार्मामा सामाजिक सुरक्षा भत्ता वडा स्तरबाटै

  सल्यान खबर २०८० जेठ १९ गते शुक्रबार ११:३२:५६ मा प्रकाशित

राम प्रसाद शर्मा जेठ १९,सल्यान 

दार्मा गाउँपालिका सल्यानमा ज्येष्ठ नागरिक, अशक्त , अपाङ्गता भएका नागरिकलाई सम्बन्धित वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ  ।

वडाका विभिन्न टोलबस्तिबाट पालिकामा रहेको बैङ्कसम्म आउन जटिल समस्या रहेका त्यस्ता नागरिकहरूको समस्यालाई मध्यनजर गर्दै सम्बन्धित वडामै पुगेर भत्ता वितरण गरिएको हो । 

 दार्मा गाउँपालिकाका सबै वडाहरूमा पुगेर त्यस्ता ज्येष्ठ नागरिक , अशक्त र अपाङ्गता रहेका  करिब एक हजारलाई  सुरक्षा भत्ता वितरण गरिएको  गरिएको  नबिल बैक दार्मा शाखा प्रमुख वीरेन्द्र ओलीले जानकारी दिनुभयो 

आफ्नै वडामा सामाजिक सुरक्षा भत्ता बुझ्दा आफू साह्रै खुसी भएको दार्मा २ का  ८०वर्षीय  सार्की रानाले बताउनु भयो  ।  आफू यो भन्दा पहिले दार्मा ३ फारुला बैकमा पुगेर भत्ता बुझ्दा साह्रै दुख पाएको हिँड्न समस्या रहेको र अहिले आफ्नै वडामा सजिलै भत्ता बुझ्दा खुसी लागेको उहाँले बताउनु भयो ।  

 दार्मा गाउँपालिका सल्यानको समन्वयमा प्रत्येक वडाको सहजीकरण साथै इ प्र का फारुलाको सहयोगमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य गरेको दार्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

Top