होमपेज / अर्थ
वैशाख २१,सल्यान
बाख्रापालनलाई व्यावसायीकरण गर्न सल्यानको त्रिवेणी गाउँपालिकाले बाख्रा वितरण गरेकाले छ । बाख्राको साना व्यावसायिक पकेट विकास कार्यक्रम अन्तर्गत पालिकाको वडा न ५ मा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका कृषकहरुलाई बाख्रा वितरण गरिएको हो ।
सहकारीमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा ३४ बाख्रा र २ बोका वितरण गर्नुका साथै सुधारिएका खोरको समेत अनुगमन गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । बाख्रापालनको राम्रो सम्भावना बोकेको गाउँपालिकामा व्यावसायिक बाख्रापालनमा किसानले जोड दिएकाले बाख्रापालनमा सहयोग गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । बाख्रापालनलाई व्यावसायीकरण गर्न बाख्रा सहयोग, खोर सुधार लगायतका कार्यक्रम पालिकाले गर्दै आइरहेको उहाँको भनाई छ । बाख्रापालनबाट आम्दानीको स्रोत बढाउद्र आत्मनिर्भर तर्फ अग्रसर हुन किसानलाई उहाँले आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा कृषकहरुलाई मिनिरण, आन्तरिक तथा बाह्रय परजिवीको औषधी समेत वितरण गरिएको गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताउनु भयो ।





.jpg)