होमपेज / अर्थ
चैत १०,सल्यान
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपाद्धारा १० दिने तालीम, डल र कुसन बनाउने २५ दिने तालिम सम्पन भएको छ ।
उद्योग गर्न असाध्यै समस्या भएको त्यसलाई बजारीकरण गर्न समस्या भएको त्यो विचमा लागेमा भविस्य राम्रो भएको प्रशिक्षक गीता कुमारी खत्रीले बताउनु भयो ।
बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकी सीप सिकेर आत्मनिर्भर बन्न सबैलाई आग्रह गर्नु भयो । उत्पादन गर्न सिक्नु पर्ने उत्पादन सङ्ग संघर्ष गर्नु पर्ने बताउनु भएको छ । जन्म जात ज्ञान सिकेर कसैले न आएको त्यसको लागि ज्ञान सीप सिकेर नै जीवन निर्वाहमा अगाडि बढ्नु पर्ने समेत बताउनु भएको छ ।
बजारको बस्तु किनेर ल्याउनु भन्दा घरमा उत्पादन गरेर प्रयोग गरेर जीवन व्यबहारमा प्रयोग गर्न समेत आग्रह गर्नु भएको छ । एक्लैले केही गर्न नसके पनि समुह बनाएर पेशा व्यवसाय गरेमा स्थानीय सरकारल सहयोग गर्ने समेत बताउनु भएको छ ।
नगर उप प्रमुख पुरुषोत्तम आचार्यले गरिबी घटाउन अथवा निवनिकरण गर्न नेपाल सरकार ल्याएको कार्यक्रम सार्थकता पाउने र सिकेको सीप प्रयोगमा ल्याएमा जनताको जीवन स्तर माथी उठ्ने बताउनु भयो । ८० जनालाई तालीम दिएको र नगरपालिका केही गर्न नसकेको भन्ने हल्ला छ । विकासको काम भइरहेको नितिगत रुपमा कार्यनयन गरेको विस्तारै सबै वडामा लिन गरि लागेको समेत बताउनु भएको छ । त्यसलाई प्रचारप्रसार कमि मात्र भएको समेत बताउनु भएको छ ।
स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले हामी आफुले बनाएको भन्दा अरुले बनाएको माया गर्ने गरेको र त्यसलाई निराकरण गर्नु पर्ने बताउनु भयो ।
सहभागी विपना बुढाथोकीले तालीममा सिकेका कुरालाई व्यवहारमा लागु गर्ने बताउनु भयो । यसलाई आफुहरुले समुह बनाएर निरन्तरता दिने समेत बताउनु भएको छ ।
राजस्व शाखा प्रमुख तथा गरिबी निवारणका लागि लघु उद्यम विकासका फोकल पर्शन भुपाल खड्का अध्यक्षता र मेडपा सुलोचना प्रधानले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।
१० दिने मसला, २५ दिने डल र कसुन बुनाइ तालिम यो भन्दा पहिला मौरी पालन, साबुन निर्माण लगायतका तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।





.jpg)