ट्रेण्डिङ

होमपेज / अर्थ

नेशनल माइक्रो फाइनान्स लघुवित्त संस्थाको लिमिटेडको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

  सल्यान खबर २०७९ फाल्गुण २८ गते आइतबार १३:२६:४४ मा प्रकाशित

फागुन २८,सल्यान 

नेशनल माइक्रो फाइनान्स लघुवित्त संस्थाको लिमिटेड  समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आम्रा सल्यानमा  सम्पन्न भएको छ । बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकी देशको आर्थिक अवस्था जटिल भएको अवस्था भएको त्यस्तो बेला यो कार्यक्रमको महत्त्वपूर्ण भएको बताउनु भएको छ । समय अनुसार ऋण लिएर त्यसको व्यवस्था गर्नु पर्ने बताउनु भएको छ । अब एक व्यक्ति एक संस्था तिर लिएमा केही सहज हुने बताउनु भएको छ अहिलेको हल्लाको पछि लागेर समस्या समाधान नहुने त्यसको लागि राज्यले नै समाधानको बाटो लिनु पर्ने बताएका छन् । राष्ट्रले नै इजाजत पत्र दिई सकेपछि त्यसको पनि निगरानी गर्नु पर्ने भनाइ रहेको छ ।  ब्याजदर घटाउ तिर सहयोग गर्न सक्छ तर रकम मिनाहा गर्ने सम्भावना कम रहेको समेत बताउनु भएको छ ।

जसले कर्जाको दुरुपयोग गरेको लाई घाटा पुर्‍याएको पनि कर्जा सदुपयोग गरेको व्यक्तिलाई मुनाफा गरेको समेत उहाँले बताउनु भएको छ । उत्पादन मुखी हुन आवश्यक रहेको समेत बताउनु भएको छ । लगानी जुन उद्देश्यले लिइन्छ त्यही उद्देश्यमा प्रयोग गरे फाइदा हुने र अनेत्र फजुल खर्च नगर्न समेत बताउनु भएको छ । खर्चलाई कम गरेर व्यवसायी तिर बढी ध्यान दिनु समेत अनुरोध गर्नु भएको छ । 

शाखा प्रमुख डिल्ली राज बुढाथोकी सुर्खेत सिम्ता गाउँपालिका, सल्यान बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका लगायतको क्षेत्रमा सेवा गरिरहेको बताउनु भएको छ । जसमा  १५९६ जना वित्तीय पहुँच पुर्‍याएको, ६४६ कर्जा प्रवाह  सदस्य,  समूहको बचत २ करोड रहेको छ । यश संस्थाको ५६ हजार नाफा रहेको शाखा प्रमुख बुढाथोकीले बताउनु भएको छ । २०७३/४/४ देखि सुरु गरेको थियो । यश संस्थाले देशको ६४ जिल्लामा कार्यरत रहेको छ ।  २०७१र३र१८ गते देखि उद्घाटन भएको थियो अहिले ९ वर्ष प्रवेश गरेको छ । १०३ वटा शाखा रहेका छन् ।  गरिब तथा विपन्न वर्गका व्यक्तिहरूलाई सुधार गर्नको लागि लगानी गर्ने बताउनु भएको छ । आर्थिक अवस्था सुधार गर्नको लागि साढे ११ अर्ब लगानी गरेको छ आन्तरिक लेखा परीक्षण रमेश कुमार  गुरागाईँले बताउनु भएको छ । बैङ्कको माध्यम बाट काम गरेको आत्म सीप दिएर काम गरिरहेको गरिब वर्गले स्तर माथि उठाउन काम गरेको बताउनु भएको छ । लघु बित खारेज गर्नु पर्छ भन्न सुने गरेको छौ । लघु वित्तमा भएको पैसा कसको हो भन्ने त्यसमा जनताको लगानी गर्नु भएको छ तपाईंकोहरुको लगानी धेरै छ त्यसलाई रोक्न चाहनु हुन्छ त्यसको अफवाह पछि नलाग्न अनुरोध गर्नु भएको छ । महिलाहरूको जीवन स्तर सुधार गर्नको लागि भएको बताउनु भएको छ । 

बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, नेसनल माइक्रो फाइनान्स अनुगमन अधिकृत विष्णु कुमार विश्वकर्मा, नेसनल माइक्रो फाइनान्स आन्तरिक लेखा परीक्षण रमेश कुमार गुरागाईँ, लगायतले कार्यक्रमको शुभकामना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top