होमपेज / अर्थ
फागुन २४,सल्यान
घुवित्तिय संस्थाविरूद्वको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्तीय संस्थाको खारेजी नगरेसम्म आन्दोलन गरि रहने बताउनु भएको छ । आर्थिक तथा सामाजिक रुपान्तरणका नाममा जनताले शोषण गरि रहेकाले खारेजीको माग पहिलो शर्त भएको बताउनु भयो ।
बुधबार सल्यान श्रीनगरमा आयोजित लघुबित्तिय संस्थाहरुको ज्यादती विरुद्धको बिरोध प्रदर्शन तथा दोस्रो जिल्ला भेलामा बोल्दै ज्ञवालीले अहिलेसम्म व्यवस्था परिवर्तनका लागि आन्दोलनमा गर्दै आए पनि अब लघुवित्तिय संस्थाहरुको ज्यादतीका विरुद्धको आन्दोलन हुने बताउनु भयो ।
उहाँले राष्ट्र बैंकले लघुवित्तीय संस्था सञ्चालन गरेर महिलाहरूलाई रोजगारी दिने र आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य लिए पनि उद्देश्य अनुसार काम नभएको आरोप लगाउनु भयो । यसबाट ग्रामीण महिलाहरू उल्टै उत्पीडनमा परेको उहाँको जिकिर छ। लघुवित्तमा संलग्न २ प्रतिशत महिला विस्थापित र सयौं महिलाहरूले आत्महत्या गर्न बाध्य हुनु परेको उहाँको भनाई छ ।
‘समाजमा अहिले कलह उत्पन्न भएको अवस्था छ । समाजमा महिला–महिलाबीच लडाइ भइरहेको छ । यसको जिम्मा कसले लिने ’ उहाँ भन्नु भयो ‘नेपाली जनताको आय अवस्थाको परिवर्तन सरकार र राजनीतिक दल गर्नुपर्ने थियो तर गर्न सकेन । सरकारको उद्देश्यविपरीत लघुउद्यमहरूले आफ्नो जीविका पालन मात्र गर्न खोजे, सही तरिकाले परिचालन गर्न सकेनन् । नाफा कमाउन तीर लागेपछि प्रभाव हिन भएको आज नेपालमा लघुउद्यममा ह्रास आइरहेको छ ।’
राष्ट्र बैंकले नेपालमा अहिलेसम्म ६७ लघुउद्यमहरू सञ्चालनका लागि अनुमति दिएको उनले स्पष्ट पार्नु भयो । सहि तरिकाले परिचालन गर्न नसक्दा नेपालमा वित्तीय संस्थाहरू लगभग असफल भइसकेको उहाँले टिप्पणी गर्नु भयो। जसको कारण निम्न र पीडित वर्गमा त्रास उत्पन्न भइरहेको छ। पछिल्लो समय समाजमा आपसमा झै–झगडा हुने कारण लघुवित्त नै भएको उहाँले जिकिर गर्नु भयो ।





.jpg)