ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यान बागचौरका २४ जना उद्येमीलाइ बाख्रा बितरण

  सल्यान खबर २०७९ फाल्गुण १४ गते आइतबार ०७:१६:०६ मा प्रकाशित

फागुन १४ सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ का २४ जना उद्येमीलाइ बाख्रा बितरण गरिएको छ ।

 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बागचौर नगरपालिका वडा नम्बर १ का  २४ जना उद्यमीलाई बाख्रा वितरण गरिएको हो ।

  गत वर्ष वडा नं. १ मा संचालन गरेकाे लघु उद्येम  विकास कार्यक्रमका लालीगुराँस लघु उद्यमी समूह र सयपत्री लघुउद्यमी समूहका २४ उद्यमीलाई बाख्रा वितरण गरिएको हाे ।

गाउँमा रहेका महिला, स्वदेशमै बसी केही गर्न चाहने युवाहरु,तथा  तथा पिछडिएका वर्गहरुलाई समावेश गरि २४ जना उद्येमीलाइ बाख्रा बितरण गरिएको हो । व्यवसाय बृद्धि र विस्तारका लागि २४ जना लघु उद्यमीहरुलाई बाख्रा वितरण गरिएको हाे ।

   लघु उद्यमीहरूको हौसला बढाएर उनीहरूको आर्थिक स्थिति बदल्न नगरपालिकाका अन्य ११ वटा वडाहरु पनि यस्ता किसिमका कार्यक्रमहरु संचालन भइरहेका छन।
बागचाैर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम बस्नेतकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथी नगर उप-प्रमुख सुम्निमा डि.सी वली, नगरपालिका उद्योग विकास शाखाका साेभाराम खड्का, निर्मला बस्नेत लगायत वडावासीहरुकाे उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top