होमपेज / अर्थ
कात्तिक ११,सल्यान
बेमौसमी वर्षाले सल्यानको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरका १ सय ८७ किसानले लगाएको धानबालीमा क्षति पुगेको छ । वर्षाले १ हजार १९ रोपनीमा लगाएको ५ हजार ८ सय ३० क्विन्टल धानबालीमा क्षति पुगेको वडाध्यक्ष रबिलाल बस्नेतले जानकारी दिए ।
सामान्यतया एक किसानको ८ क्विन्टल देखि ५० क्विन्टलसम्म धानमा क्षति पुगेको उनको भनाई छ । क्षति भएको धान पुन प्रयोगमा आउने सम्भावना निकै कम भएको बस्नेतले बताए । प्राय धान उम्रिएको र कुहिएकाले क्षति बढी भएको उनको भनाई छ ।
वर्ष भरिको खाने अन्नबाली घर भित्र भित्र्याउन नपाउँदा किसानहरुलाई समस्या भएको उनले बताए ।





.jpg)