होमपेज / अर्थ
फागुन २४, सल्यान
प्रादेशिक कृषि, पर्यटन, उद्योग, व्यापवार तथा सांस्कृतिक महोत्सव सफल भएको सल्यान उद्योग बाणिज्य संघले जनाएको छ । माघ २९ गतेदेखि फागुन १३ गतेसम्म श्रीनगरमा सञ्चालन भएको प्रादेशिक महोत्सव पूर्णरुपमा सफल भएको बताएको हो ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरी केहीले महोत्सव असफल बनाउन लागि परेको भए पनि महोत्सव सफल भएको सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विर बहादुर चलाउनेले बताए । महोत्सवमा ५ करोड बराबरको करोबार भएको र झन्डै १ लाख दर्शक भित्र्याउन सफल भएको उनले बताए ।
कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन महोत्सवले महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ । महोत्सवले वार्षिक रुपमा कारोबारको अंक बढाउदै गएको, कृषि तथा पशु उत्पादनका अलावा अन्य उत्पादन तथा सेवालाई समावेश गराउदा महोत्सवको रौनक थपिएको अध्यक्ष चलाउनेले बताए ।
महोत्सवबाट ६ लाख बचत भएको अध्यक्षको भनाई छ । हालसम्म ५६ लाख ६२ हजार २ सय ४० रकमको सम्झौता भई सकेको र केही रकम आउन सम्झौता गर्न बाँकी रहेको उनको भनाई छ । यस्तै महोत्सवमा ५४ लाख २३ हजार खर्च भएको छ ।





.jpg)