होमपेज / अर्थ
असार २५,सल्यान
सल्यानको कपुरकोट गाउँपालिकालले सुनौलो हजार दिनका आमाहरुलाई झन्डै १७ लाख र पोषण प्याकेज वितरण गरेको छ । गाउँपालिका भित्र रहेको १ हजार ३ सय ९८ गर्भवती तथा दुई वर्षमुनिका बच्चाका आमालाई पोषिलो खानेकुरा सहित पौने १७ लाख बढी रकम वितरण गरेको हो ।
सुनौलो हजार दिनका आमाहरुलाई पोषिलो खानेकुरा किनेर खानका लागि १६ लाख ७७ हजार ६ सय रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सुनौलो हजार दिनका आमाहरुलाई पौष्टिक खाद्यतत्व सहितको झोला पनि वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए ।
बच्चाको ८०प्रतिशत वृद्धिविकास गर्भावस्थादेखि दुई वर्षको बिचमा हुने भएकाले सुनौलो हजार दिनका आमाहरुका लागि सन्तुलित र पौष्टिक तत्वयुक्त खानपिनका लागि रकम वितरण गरिएको उनको भनाई छ । गाउँपालिकाका ६ वटै वडामा रहेका महिलालाई अण्डा र माछामासु खानका लागि जनही एक हजार र गेडागुडी खानका लागि जनही दुई सय रुपैयाँ वितरण गरिएको खड्काले बताए ।
पोषणको अभावमा कुपोषण हुन सक्ने भन्दै गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सबै सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज उपलब्ध गराएको गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले बताए । सुनौलो हजार दिनमा आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना निमार्ण गरेर गाउँपालिकाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको उनको भनाई छ ।
सन्तुलित र पोषणयुक्त खानपिनको अभावमा धेरै बालबालिका कुपोषणको शिकार भइरहेकाले कुपोषणबाट मुक्ति दिलाउन पौष्टिकतत्वयुक्त खानििपनमा जोड दिइरहेको उपाध्यक्ष तिला बुढाले बताइन ।





.jpg)