होमपेज / अर्थ
चैत ४,सल्यान
जिल्ला सुरक्षा समिति सल्यानले ईजाजत विना मदिराको बिक्री वितरण गर्ने व्यावसायीहरुलाई कानुनी दायरामा ल्याउने भएको छ ।
मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सल्यानका विभिन्न स्थानमा कतिपय व्यापारीले ईजाजत नलिई मदिराको कारोबार गरिरहेको भने सूचनाको आधारमा ईजाजत नलिई मदिराको कारोबार गरिरहेका व्यापारी व्यवसायी लाई २०७७ चैत्र मसान्त सम्ममा ईजाजत लिन समय सीमा दिने निर्णय गरेको छ । यदि तोकिएको समय सीमा भित्र ईजाजत नलिई मदिराको कारोबार गरेको पाइएमा उक्त मदिरा नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए । समय सीमा भित्र ईजाजत लिई कारोबार गर्न अनुरोध गरिएको उनले बताए ।
यस्तै घरेलु मदिरा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सल्यानले अभियानै सञ्चालन गरिरहेकाले कुनै पनि किसिमको घरेलु मदिराको कारोबार नगर्न नगराउन समेत अनुरोध गरेको छ ।
उद्योग बाणिज्य संघ सल्यान लगायत सरोकारवाला निकायले समेत यो सम्बन्धी जानकारी आफ्ना व्यापारी व्यवसायीलाई गराइ कानुनी दायरामा आउन आ





.jpg)