होमपेज / अर्थ
इन्द्र बुढाथोकी सल्यान ५ भदौ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चेका प्रासदे बुढाको ४ कोठे घर बगाउँदा छिमेकीको घरमा बस्दै आइरहेका छन् ।
बुधबार राती १ बजे आएको अविरल वर्षाले उनको घर बगाएको थियो । घरबार बिहिन भएका बुढालाई बनगाड कुपिण्डे नगरपालिका वडा न ६ का वडा अध्यक्ष पुरुषोत्तम आचार्यले २५ केजि चामल, एक केजि दाल, एक लिटर तेल, एक पोका नुन सहयोग गरेका छन् । विपत्तिमा परेका परिवारलाई समस्या परेको बेला थोरै भए पनि राहत सहयोग गरेको उनले बताए । । पीडित बुढाको परिवार अहिले बिचल्लीमा परेको छ ।
साथै ४ न वडा कार्यालयले पनि खाद्यान्न सहयोग गरेको वडा अध्यक्ष मोमत रोकाले बताए । अन्य स्थानीयले पनि सबैले खाद्यान्न लत्ताकपडा लगाएको सहयोग गरेका छन । साथै सक्दो सबैलाई सहयोग गर्ने सबैमा पीडित बुढाले आग्रह गरेका छन ।





.jpg)