होमपेज / अर्थ
भदौ ३, सल्यान
मंगलबार राती भारी वर्षापछि भगवती खोलामा आएको बाढीले श्रीनगरमा रहेको समृद्धि पशुपंक्षी तथा कृषि र्फममा पस्दा ८ लाख बराबरको क्षति भएको छ ।
सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा बाढी पस्दा माछा, कुखुरा नष्ट हुँदा ८ लाख बढीको क्षति भएको हो । बाढीले पोखरीमा रहेका ४ हजार माछाका भुरा, ५ सय ५० कुखुरा र १५ बोरी कुखुराको दाना बगाएको सञ्चालक हिमाल यात्रीले बताए । व्यवसायिक कुखुरा पालन गर्दै आइरहेका
भगवती खोलाले बर्सेनी क्षति पु¥याउदा पनि रोकथाम गर्ने तर्फ कुनै निकायले ध्यान नदिएको उनले बताए ।
गएराती आएको वर्षा पछि आएको बाढीले बनगाड कुपिण्डेको सल्ली चौरजहारी सडकखण्डको नाथेखोलामा पुलमा कान गर्दै आइरहेका फिल्ड सुपरभाइजर दिलिप खत्री अझै वेपत्ता रहेका छन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
गएरातीको वर्षाले जिल्लाका विभिन्न स्थानका धेरै घरमा क्षति पुगेको र क्षतिको सम्पूर्ण विवरण भोलीसम्म आउने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।





.jpg)