होमपेज / अर्थ
सल्यान खबर । धेरै पढेर डाक्टर, ईन्जीनियर र हाकिम बन्नुपर्छ भनेर गाउँघरदेखि शहर बजारसम्म अभिभावकले आफ्ना छोराछोरीलाई भन्ने गर्छन । कतिपय शिक्षित भनिएकाहरु स्वरोजगार हुने भन्दा विदेशमा गएर तल्लो स्तरको काम गर्न तयार हुन्छन् ।
तर यसबीचमा यसता युा पनि छन् जसले डिग्री गरेर पनि मूर्ति बनाउने पेशालाई निरन्तरता दिएर मनग्य आम्दानी गरी रहेका छन् । स्नातकोत्तरसम्म अध्ययन गरेका बागचौर नगरपालिका ९ का टोपेन्द्र डाँगीले मुर्तिकार पेसालाई व्यवसायिक बनाएका छन् ।
सरस्वती पूजा नजिकिएसँगै उनलाई मुर्ति बनाउन र शिलालेख बनाउन भ्याइ नभ्याई भई रहेको छ । जिल्लामा शिलालेख लेख्ने उनी एकमात्र हुन । बागचौरमा उनले टोपेन्द्र कला केन्द्र खोली काम गर्दै आइरहेका छन् ।
मासिक ५० हजार आम्दानी
त्रिभुवन विश्वविद्यालय कित्तिपुरबाट स्नाकोत्तर गरेका डाँगीले मुर्ति र शिलालेखबाट मासिक ५० हजार भन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । उनले भने सल्यानमा मुर्ति र शिलालेख बनाउने म मात्रै हो विभिन्न विद्यालय सार्वजनिक स्थलमा मुर्ति बनाउन धेरै ठाउँबाट माग हुने गरेको छ ।
बिहान ७ बजेदेखि राती अबेरसम्म मूर्ति बनाउनमै व्यस्त रहने गरेको उनले बताए । आफनो दैनिकी अधिकांस समय मूर्ति बनाउनमै जाने गरेको उनको भनाई छ । मूर्ति, आर्ट र शिलालेखबाट सबै खर्च कटाएर वार्षिक ६० लाख बढी हुने गरेको बताउदै उनले एउटा मूर्ति १५ हजार देखि ५० हजारसम्म विक्री हुने गरेको बताए ।
उनले भने मूर्तिको साइज अनुसार १५ हजार देखि ५० हजारसम्म विक्री गर्दै आइरहेको छु ।
दुई जनालाई रोजगारी
स्वदेशमा रोजगारी नपाएको भन्दै धेरै युवा विदेश पलायन भई रहेको अवस्थामा डाँगीले दुई जनालाई रोजगारी दिएका छन् । आफु स्वरोजगार हुनुका साथै दुई जनालाई रोजगारी दिएको उनको भनाई छ ।
पेसा व्यवसाय सानो ठुलो नहुने बताउदै उनले सानै पेसा व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिने उनको भनाई छ । विदेशमा गएर श्रम खर्च गर्नु भन्दा आप््mनो सिप कला स्वदेशमै प्रयोग गर्न सके बेरोजगार भएर भौतारिनु नपर्ने डाँगीको भनाई छ ।





.jpg)