होमपेज / अर्थ
सुर्खेत । सुर्खेतका ९ ओटै स्थानीय तहका प्रमुखहरुले सामुदायीक ग्रामिण विद्युतीकरण विभाग संघ साझेदारी गर्ने भएका छन । मंगलबार सामुदायीक विद्युतीकरण महासंघ काठमान्डौको आयोजनामा सुर्खेतका ९ अाेटै तहका प्रमुखहरुको अन्र्तक्रियाहरुमा उनीहरले यस्तो बताएका हुन ।
जस अन्तर्गत १० प्रतिशत स्थानीय तह र ९० प्रतिशत विद्युत विभागको लगानी रहने विद्युत विभागका केन्द्रीय अध्यक्ष नारायण प्रसाद ज्ञावालीले जानकारी दिनुभयो । उहाँले सुर्खेतका ९ ओटै स्थानीय तहमा ग्रामिण विद्युतको पहुच पुयाउन स्थानीय तहसंग हातेमालो गरेर काम गर्ने बचन व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुर्खेत क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य धुव्रकुमार शाहीले केन्द्र प्रदेश र स्थानीय तहले ग्रामीण विद्युत विस्तारका लागी साझेदारी गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । साथै उहाँले विकासको मुख्य पूर्वाधार सडक भएको भन्दै त्यसको विस्तार र पहुचका लागी ३ औटै तहको सहकार्य आवश्यक रहेको समेत बताउनु भयो ।





.jpg)