ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु

  इन्द्र बुढाथोकी २०८२ माघ ४ गते आइतबार १५:२८:२१ मा प्रकाशित

माघ ४,सल्यान 
सल्यानमा सडक खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० का अन्दाजी ६० वर्षीय टेक बहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो ।

 बनगाड कुपिण्डे नगरपालिका १० शिव प्राथमिक विद्यालय खानीगाउँदेखि खाली टाकुरा जोड्ने सडकखण्डमा ग्याबिङ जाली भर्ने माटो खन्नेक्रममा ढुंगा सहितको ढिस्कोले पुरिएर पुन गम्भीर घाइते हुनु भएको थियो । 

घाइते पुनको सुर्खेत मेहलकुनामा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लिने क्रममा बाटोमा नै मृत्यु भएको बनगाड कुपिण्डे नगरपालिका १० का वडाध्यक्ष मोते घर्तीले जानकारी दिनु भयो । शुक्रबार बिहान घाइते भएका पुनको शनिबार थप उपचारका लागि नेपालगञ्ज लिने क्रममा बाटोमा मृत्यु भएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top