होमपेज / समाज
सल्यान ,२५ मङ्सिर ।
सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्लीबजार क्षेत्रमा सचेतनामूलक सूचना बोर्डहरू राखिएको छ।सल्लीबजार बजार व्यवस्थापन समितिले बजारका विभिन्न क्षेत्रमा नो पार्किङ बोर्ड राखेको छ । नो पार्किङ बोर्ड राखेर अव्यवस्थित सवारीसाधनको आवागमनलाई यसले सहजता थप्ने बजार व्यवस्थापन समितिका अध्यक्ष ईश्वर बुढाको भनाइ रहेको छ ।बजारमा अव्यवस्थित तवरले पार्किङ गर्ने सवारीसाधन साधनका लागि यो अति आवश्यक र राम्रो काम भएको अर्का बजार व्यवस्थापन समितिले जनाएको छ ।
सल्लिवजार इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सागर पौडेलले यो कामले शान्ति सुरक्षामा सबल पुग्ने जनाउनु भयो ।उक्त नो पार्किङ होडिङ्ग बोर्डको यातायात कर्मीहरूले पालन गर्न समेत आग्रह गरिएको छ ।यो कार्यमा बजार व्यवस्थापन समिति सँगसँगै प्रहरी पनि सहयोगको निम्ति पछि पछि रहेको उहाँको भनाइ रहेको थियो ।
नो पार्किङ होडिङ बोर्ड स्थापना गर्ने कार्यमा नगर उप प्रमुख पुरुषोत्तम आचार्य ,वडा सदस्य लोकबहादुर बुढाको समेत उपस्थिति रहेको थियो ।१४ वटा नो पार्किङ लेखिएका होडिङ्ग बोर्ड निर्माण कार्य तथा आर्थिक सहयोगमा राजेन्द्रकुमार बिसीले सहयोग गरेको जनाएको छ । यस अघि वर्षौँ अव्यवस्थित बस पार्क बजार व्यवस्थापन समितिकै पहलमा प्रयोगमा ल्याउने काम भएको थियो ।





.jpg)