ट्रेण्डिङ

होमपेज / समाज

अमेरिकामा बस्दै आएका रानाले दिए विद्यार्थी र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा

  इन्द्र बुढाथोकी २०८२ मंसिर २४ गते बुधबार १४:५३:५९ मा प्रकाशित

 मंसिर २४,सल्यान 
सल्यानका विभिन्न चार विद्यालयका विद्यार्थी र शारिरीक अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ । अमेरिकामा बस्दै आएका सल्यान बनगाड कुपिण्डे नगरपालिका २ वेतेनिका जनकराज रानाले १५३ विद्यार्थी र ११ शारिरीक अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गर्नु भएको हो । 

बनगाड कुपिण्डे नगरपालिका २ मा रहेका चार विद्यालय श्री आधारभूत विद्यालय लाहाघाटका ८९ जना, श्री जनकल्याण प्रा.वि. राइराका २८ जना, श्री बासुका प्रा.वि.बेतेनीका २९ जना, श्री भगवती प्रा.वि. बाहुनगाउँका ७ जना गरी १५३ विद्यार्थी र राइरा ४ जना र लाहाघाटका ७  गरी ११ जना शारिरीक अर्पागता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरी सहयोग गर्नुभएको छ ।

जाडो मौसममा विद्यार्थीहरूलाई सहज रूपमा विद्यालय आउन–जान तथा अध्ययन–अध्यापनमा सहभागिता बढोस भन्ने उद्देश्यले न्यानो कपडा सहयोग प्रदान गरेको रानाले बताउनु भयो  । सामाजिक कार्य मिलेर बनाउन सकिने तथा सबै कुरा राज्य सरकारको मुख ताक्नु भन्दा  आ आप्नो क्षेत्रबाट गर्न सकिने कुरा गर्नु पर्ने उहाँको भनाई छ । बिगत ५ वर्ष देखि अमेरिकामा बस्दै आउनु भएका रानाले अझै थप केही विद्यालयमा सहयोग गर्ने समेत उनले बताउनु भयो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top