ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भिरमा फसेका युवाको सकुशल उद्दार

  इन्द्र बुढाथोकी २०८२ कार्तिक १० गते सोमबार २०:३०:३७ मा प्रकाशित

कात्तिक १०,सल्यान 
सल्यानमा भिरमा फसेका एक युवकको प्रहरी र स्थानीयको सहयोगमा सकुशल उद्दार गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ कोटमा फसेका बनगाड कुपिण्डे नगरपालिका ७ का २८ वर्षीय रमेश पुनको उद्दार गरिएको हो । 

मानसिक स्वास्थ्य समस्याबाट ग्रसित पुन सोमबार दिउँसो १ बजेदेखि भिरमा फसेका थिए । उनको सवा ५ बजेमात्र सकुशल उद्दार गरिएको इलाका प्रहरी कार्यालय देवस्थलका प्रमुख नेत्र बहादुर रानाले जानकारी दिनु भयो । ७ नम्बर वडाध्यक्ष जीवन सिहं ठकुरीले फोन मार्फत पुन भिरमा अड्किएको  इप्रकामा फोन गरेपछि उद्दारका लागि घटनास्थलमा पुगेको उहाँको भनाई छ । उक्त भिरमा उहाँ कसरी भिरमा जानु भयो अझै थाहा नभएको वडाध्यक्ष ठकुरीले बताउनु भयो । उद्दार गरिएको पुनलाई भाईमा जिम्मा लगाइएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top