होमपेज / समाज
भदौ १८,सल्यान
गुडिरहेको मोटरसाइकलमा सडक माथिबाट ढुङ्गा झरेको डुङ्गाले लाग्दा दुई जना घाइते भएका छन् ।
सुर्खेत गुर्भाकोट नगरपालिका ९ पोखरे नजिकै आज बुधवार बेलुकी करिब ४ बजेको समयमा गुडिरहेको भे ६ प ५६२ मोटरसाइकलमा माथिबाट खसेको डुङ्गाले लागेर मोटरसाइकलमा सवार तीन जना मध्ये दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा सल्यान वनगाड कुपिण्डे नगरपालिका –११ की ४७ वर्षीया मनीषा गन्धर्व र १२ वर्षका विजय बुढा रहेका छन् । मोटरसाइकल चालक मनबहादुर बुढा भने सकुशल रहेका छन् । घाइतेलाई मेहेलकुना अस्पतालले सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाएको बोटेचौर प्रहरी इन्चार्ज दीपक बहादुर शाहीले जानकारी दिनु भयो ।





.jpg)