ट्रेण्डिङ

होमपेज / समाज

कपुरकोटमा पहिरोले ३ घर बगायो, १४ घरपरिवार विस्थापित

  सल्यान खबर डेस्क २०७९ आश्विन २१ गते शुक्रबार १६:००:४४ मा प्रकाशित

असोज २१,सल्यान 
सल्यानको कपुरकोट गाउँपालिका ५ को एक बस्ती पहिरोले बगाएको छ । पहिरोले बस्तीनै पहिरोले बगाए पछि सल्लाम गाउँका १४ घर परिवार विस्थापित भएका छन् ।

 अविरल वर्षापछि आएको पहिरोले सल्लाम गाउँका ३ घर र ३ गोठ पुरिएका छन भने दर्जन बढी घर उच्च जोखिममा रहेका छन् । पहिरोले घरबास बगाएका पिडित परिवार र उच्च जोखिमका कारण विस्थापित परिवारलाई कपुरकोट ५ खालि स्थित सिद्ध आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको ५ नं वडा अध्यक्ष होमराज खड्काले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्लामका केशरसिंह रानाको एउटा घर र एउटा गोठ पहिरोमा पुरिएको छ । गोठमा भएका ४ वटा बाख्रा मरेका छन । यस्तै विजयसिंह बुढाको एउटा घर र एउटा गोठ पुरिदा दुई भैसी र ५  खसीबाख्रा मरेका छन् । प्रहरीका अनुसार विर बहादुर रानाको पनि घर पहिरोमा बगेको छ । गोपी बुढाको पनि गोठ पहिरोमा पुरिएको जानकारी दिएको छ ।

पहिरोको उच्च जोखिममा रहेका सल्लाम गाउँ दुर्गा बलाल, चूर्ण बलाल, भक्त बहादुर राना, कविराम राना, डण्ड बहादुर घर्ती, चन्द्रकली विक, विजय घर्ती, नर बहादुर बाँठा, मनिसा बाँठा र हस्तमणी बाँठाको परिवारलाई विद्यालयमा स्थानान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो । 
पहिरो पिडित परिवारलाई गाउँपालिकाको समन्वयमा स्थानीय मिलनबजार व्यवस्थापन समितिले खाना तथा विद्यालयमा बसाईको व्यवस्थापन गरिरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top