ट्रेण्डिङ

होमपेज / समाज

सल्यान जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट कोहलपुर पठाइयो

  सल्यान खबर डेस्क २०७९ आश्विन १५ गते शनिबार १४:२०:५५ मा प्रकाशित

असोज १५,सल्यान 
जिल्लाको कुमाख गाउँपालिका -७ जिमालीमा जीप दुर्घटनामा घाईतेलाई हेलिकप्टरबाट कोहलपुर लगिएको छ । 

नेपाली सेनाको हेलिक्टरबाट शनिबार बिहान घाइते  सुनिता बोहरा पुन मगर र उहाँको ६ महिनाको छोरीला ्थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर रिफर गरिएको जिल्ला प्र्रहरी कार्यालय सल्यानले जनाएको छ । सुनिताको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । उहाँको ६ महिनाको छोरीको अवस्था भने सामान्य रहेको छ । 

शनिबार बिहान कुमाख गाउँपालिका- ७ डुमकोटबाट शारदा नगरपाकिला ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप  कुमाख गाउँपालिका ७ जिमालीमा दुर्घटना भएको थियो । । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।  

यस्तै अन्य १५ जना घाइतेलाई पनि नेपालगञ्ज रिफर गरिएको छ । जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिकमा उपचार गराइ रहेको १५ जनाको प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top