ट्रेण्डिङ

होमपेज / समाज

अपडेट: सल्यान जिमाली जिप दुर्घटनाः घाइते १७ जनाको विवरण

अपडेट

  सल्यान खबर डेस्क २०७९ आश्विन १५ गते शनिबार १०:४५:१२ मा प्रकाशित

असोज १५,सल्यान 
सल्यानको कुमाख गाउँपालिका वडा न ७ जिमालीमा भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको परिहान खुलेको छ । दुर्घटनामा परी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते हुनेमा जिप चालक सल्यान कुमाख गाउँपालिका ३ चिनालीका अन्दाजी २३ वर्षीय अर्जुन मगर, वडा न ७ का १५ वर्र्षीय तिलक गोसाई, ४९ वर्षीय गंग बहादुर पुन, २३ वर्षीया अनिता पुन, उहाँको ६ वर्षीय छोरा जीवन पुन, २० वर्षीया झुपा पुन, ३६ वर्षीया शुसिला पुन रहेका छन् । 

यस्तै कुमाख गाउँपालिका ३ चिनालीका ४१ वर्षीय दन्नी ओली, राम्रीकी १९ वर्षीया रुपा रावत, २० वर्षीय लोकेन्द्र ओली,  वडा न ७ डुमकोटका २ वर्षीय सन्देश पुन, हेमराज पुन,१५ वषीय भरत पुन, ३६ वर्षीया भूमि पुन, अन्दाजी २३ वर्षीया सुनिता बोहरा पुन मगर , उहाँको ६ महिनाको छोरी र  जिमाली ७ बस्नेत १३ वर्षीया प्रतिभा पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 
घाइते १६ जनाको बागचौर स्थित जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिकमा उपचार भइरहेको छ भने गम्भीर घाइते सुनिताको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । 

शनिबार बिहान साढे ८ बजे  कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपाकिला ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप  शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top