होमपेज / समाज
असोज १५,सल्यान
सल्यानममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपाकिला ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
दुर्घटनामा परी घाइते भएकाहरुको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइदै गरेको र घाइते कति छन् भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।





.jpg)