होमपेज / समाज
असोज १३,सल्यान
सल्यानको कपुरकोटमा मंगलबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका ६ का तिलक वलीको उपचारका क्रममा बुधबार मृत्यु भएसँगै जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको हो ।
वलीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वलीको मृत्युसँगै दुर्घटनामा परेका नौ जनाकै मृत्यु भएको छ ।
मंगलबार बिहान बाँकेको ढकेरीबाट सल्यान कपुरकोट गाउँपालिका ६ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप कपुरकोट गाउँपालिका ३ मुलपानीमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि जिप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जित बहादुर बोहोरा, शोही ठाउँका ३७ वर्षीय धरम ओली, ४० वर्षीय टोप बहादुर ओली, उहाँको ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।





.jpg)