ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको दार्मामा वकालतिय रणनीति योजना कार्यशाला गोष्ठी सम्पन्न

  सल्यान खबर डेस्क २०७९ आश्विन १० गते सोमबार २०:२५:३४ मा प्रकाशित

 राम प्रसाद  शर्मा  असोज १० सल्यान ।   नागरिक समाज केन्द्रले वकालतीय रणनीति योजना कार्यशाला गोष्ठी सल्यानको दार्मा गाउँ पालिकामा सम्पन्न भएको छ ।                                                   यूरोपियन यूनियनको सहयोग र दलित विकास समाज सल्यानको आयोजनामा संचालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत समुदायमा आधारित सामुदायिक संस्था र दार्मा विकासका लागि  नागरिक समाज केन्द्रले वकालतीय रणनीति योजना कार्यशाला गोष्ठी सल्यानको दार्मा गाउँ पालिकामा सम्पन्न भएको हो ।                                                                
वकालतिय रणनीति योजना कार्यशाला गोष्ठी २०७९ आश्विन ८ गते देखि १० गते सम्म संचालन भएको थियो । कार्यशाला गोष्ठीमा वकालतीय ज्ञान सिपको क्षमता अभिबृद्धी गरी सहभागिहरुले स्थानीय समुदायमा भएका समस्याहरुको पहिचान गरी समस्या समाधान गर्न समुदायमा जरा गाडेर बसेको बाल विवाह न्यूनीकरण, खानेपानीक तथा सरसफाइको समस्या र सिंचाइको समस्या समाधानका लागि वकालतिय रणनीति योजना तयार गर्ने गरेको सहजकता गुमान सिंह नेपालीले बताए । कार्यशाला गोष्ठीमा संविधानले पदान गरेको मौलिक अधिकार र स्थानीय सरकार संचालन ऐनमा ब्यवस्था गरेको वडा समितिको काम कर्तब्य र अधिकारको बारेमा जानकारी दिनुका साथै नागरिकका समस्याहरुलाई अधिकार सम्म जोड्ने र प्रक्रियागत रुपमा स्थानीय सरकार सँग पैरवी तथा वकालय गर्ने दार्मा गाउँ पालिका स्तरीय दार्मा विकासका लागि नागरिक समाज केन्द्रका  अध्यक्ष अतिराम वलीले बताए ।                       
कार्यशाला गोष्ठीबाट समुदायमा आधारित सामुदायिक संस्थाहरुको संजाल दार्मा विकासका लागि नागरिक समाज केन्द्र दार्माले विधान तयार गरेको छ । उक्त दार्मा विकासका लागि नागरिक सहभागिता केन्द्रका सचिव हिमा शर्माले संस्थाले आगामी दिनहरुमा स्थानीय सरकालाई नागरिकका समस्या प्रति खवरदारी गर्ने, सामुदायिक सुशासन कायम गर्नका लागि संगठित रुपमा प्रयास गर्ने, समुदायमा रहेका मानिसहरुको आधारभूत हक अधिकार स्थापित र कर्तव्य बोध गराउनुका साथै समुदायको साझा सवालको पहिचान गर्ने र त्यसको समाधान गर्नका लागि संगठित रुपमा वहस तथा पैरवी गर्ने, समुदायमा रहेका स्थानीय ज्ञान, सीप, श्रोत तथा अनुभवको पहिचान, परिचालन तथा संरक्षण गर्दै वाह््य श्रोतमाथिको पहुँचमा बृद्धी गर्नुका साथै सामाजिक कुरीति तथा कुसंस्कारको न्युनीकरणमा जोड दिने, दार्मा गाउँ पालिका भित्रका कृषि, वनवातावरण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सामाजिक सुरक्षाका समस्याहरुमा निरन्तर वकालत तथा पैरवी गर्ने उद्देश्यका साथ गठन गरी दर्ता गर्न लागेको बताउनु भयो ।  
           कार्यशाला गोष्ठी उद्घाटमा बोल्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुरक केसीले सुशासनलाई प्रवद्र्धन गर्न र गाउँ वस्ती पछाडी पारिएका समुदायका सवालहरुलाई उठान गरी स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र केन्द्रिय सरकालाई घचघच्याउन आवश्यक छ ।                              नागरिकहरु पनि जानकार हुने र आफ्ना आवश्यकतालाई माग गर्ने गर्नु पर्दछ । योजना माग देखि उपभोक्ता समिति गठन र योजनाको फरफारक सम्म अनुगमनमा सहभागिता हुनुका साथै सुशासन अभिबृद्धी गर्न स्थानीय सरकारलाई रचनात्मक सल्लाह सुझाव प्रदान र खवरदारि गर्नु पर्दछ अनि मात्र सुशासन युक्त गाउँ पालिका निर्माण गर्न सकिन्छ । कार्यशाला गोष्ठीमा २३ महिला र ३ जना पूरुष गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top