होमपेज / समाज
असोज ४,सल्यान
दार्मा गाउँपालिका सल्यानमा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरूका लागि १ दिने समावेशी योजना विषयक गोष्ठी सम्पन्न भएको छ।
युरोपियन युनियनको आर्थिक सहयोग र दलित विकास समाज , सहकर्मी समाज , आइएम स्विडिस टिडिएच सँगको सहकार्य र दलित महिला केन्द्र नेपालको आयोजनामा सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तरगत स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरी एक दिने समावेशी योजना गोष्ठी सम्पन्न भएको हो ।
दार्मा गाउँपालिकाका कार्यबहाक अध्यक्ष जुना मल्ल चन्दको अध्यक्षतामा भएको गोष्ठीको प्रमुख अतिथि पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीको रहेको थियो गोष्ठीमा पालिकाका ६ वटै वडाका वडा अध्यक्षहरू कार्यपालिका सदस्यहरू गाउँ सभा सदस्यहरू र पालिका भित्रका विभिन्न शाखा प्रमुख र वडा सचीव हरूको उपस्थिति रहेको थियो ।
गोष्ठीमा सहजीकरण अनिता बिशान्ख र एलिजा तुलाधरले गर्नु भएको थियो गोष्ठीमा समुदायमा कसरी योजना समावेशी गर्न सकिन्छ समावेशी गराउँदा कुन कुन पक्षलाई ध्यान दिनुपर्ने हुन्छ लगायतको विषयमा जानकारी गराइएको थियो ।





.jpg)