होमपेज / समाज
भदौ २१,सल्यान
वडाध्यक्षको राजीनामा माग गर्दै सुर्खेतको सिम्ता गाउँपालिका ३ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।
वडाध्यक्ष लोक बहादुर शाहीले सामाजिक आचरण र अनैतिक कार्य गरेको भन्दै आग्रिगाउँका स्थानीयले वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन ।
तालाबन्दी पछि स्थानीयले जारी गरेको विज्ञप्तीमा वडाध्यक्ष जस्तो पदिय जिम्मेवारीलाई विर्र्सिएर नैतिकहिन र कानुनी राज्यको बर्खिलाप हुने गरी कार्य गरेका वडाध्यक्षको राजीनामा माग गरिएको उल्लेख गरिएको छ । जनताको प्रतिनिधिले नै गलत कार्यको अगुवाई गरेकोले नैतिकताको हिसाबले राजीनामा दिई सत्य तथ्य छानविनको लागि माग गरिएको छ ।
केही समय अघि वडाध्यक्षले एक स्थानीय महिलासँग गरेको गोप्य अडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको थियो । नैतिकताका आधारमा वडाध्यक्षले राजीनामा नदिएसम्म वडा कार्यालयमा लागेको ताला नखुल्ने स्थानीय रवि चन्दले बताउनु भयो ।
उता वडाध्यक्ष लोक बहादुर शाहीले सामाजिक सञ्जालमा आएको अडियो आधिकारिक नभएको र सामान्य कुराकानी मात्र भएको दावी गरेका छन् ।






.jpg)