ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्रकले किच्दा तीन वर्षीय बालकको मृत्यु

  सल्यान खबर डेस्क २०७९ भाद्र २० गते सोमबार १७:१०:२० मा प्रकाशित

भदौ २०,सल्यान 
सल्यानममा ट्रकले किच्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा लु १ ख ९२५९ नम्बरको  ट्रकले किच्दा  ट्रक मालिकका ३ वर्षीय छोरा कृतिक भण्डारीको सोमबार दिउँसो मृत्यु भएको हो ।

सामान लोड गर्न जाने क्रममा बच्चा एक्कासी ट्रक तिर आउँदा ट्रकको पछाडीको भागले किच्दा गम्भीर घाइते बालकको उपचारको क्रममा श्रीनगरस्थित परोपकार हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बालकलाई किच्ने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top