ट्रेण्डिङ

होमपेज / समाज

पहिरोले गोठ पुरिदा सल्यान कालिमाटीमा ३१ बाख्रा मरे

  सल्यान खबर डेस्क २०७९ भाद्र १६ गते बिहीबार १७:०३:०२ मा प्रकाशित

भदौ १६,सल्यान
सल्यानमा अविरल वर्षा पछि आएको पहिरोले बाख्रा गोठ पुरिदा ३१ बाख्रा मरेका छन् ।

जिल्लाको कालिमाटी गाउँपालिका ५ जुमखोलाका अम्मर बहादुर खत्रीका बाख्रा पहिरोले पुरेको हो । आज बिहान करिब ६ बजेतिर आएकाले पहिरोले १० वटा बोका,  ११ वटा खसी र १० वटा बाख्रा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पहिरोले खत्रीको गोठ, शौचालय र बाख्रा खोर पुरि दिएको छ । घटनास्थलमा सञ्चारले राम्रो काम नगर्ने भएकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top