होमपेज / समाज
भदौ १६,सल्यान
सल्यानमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका – १ आपचौर निवासी १५ वर्षीया रुपा पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधवार साँझ करिब ६ बजेतिर घर नजिकै घाँस काट्न गएकोमा अबेर सम्म पनि घर नफर्किए पछि खोजी कार्य गर्ने क्रममा आज दिउँसो घर देखि करिब १ किलोमिटर टाढा रहेको झालेपहर भीरमा पुलामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
भीरबाट करिब ५० मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । मृत्तक पुलामीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।





.jpg)