ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा वृद्ध मृत फेला

  सल्यान खबर डेस्क २०७९ भाद्र १४ गते मंगलबार १७:४६:४५ मा प्रकाशित

भदौ १४,सल्यान
सल्यानमा अन्दाजी  ७२ वर्षीय वृद्ध मृत फेला परेका छन् । जिल्लाको बागचौर नगरपालिका १ लौराबाङका  ७२ वर्षीय वृद्ध मृत फेला परेका हुन ।

 गएराती देखि हराएका पुनको आज दिउँसो घरदेखि करिक ५ किलोमिटर तल शारदा नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
गएराती भान्ज बुहारी नाता पर्ने आफन्तबाट घरबाट आफ्नो घर जानेभनी फर्किएको तर घर नपुगेपछि खोजीकार्य भइरहेको थियो । खोजी गर्ने क्रममा आज दिउँसो आफन्तले लाश फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

 पुन फर्किने बिच बाटोमा खरबारे खोला पर्ने र उक्त खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top