ट्रेण्डिङ

होमपेज / समाज

एकीकृत सामुदायिक उत्थानशिल परियोजनाको बैठक सम्पन्न

  सल्यान खबर डेस्क २०७९ श्रावण २९ गते आइतबार १८:१६:५२ मा प्रकाशित

राम प्रशाद शर्मा  साउन  २९                           सल्यानको दार्मा गाउपालिकामा नेपाल रेडक्रस  सोसाइटी एकीकृत सामुदायिक उत्थानशिल परियोजनाको दोस्रो त्रैमासिक समिक्षा बैठक सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी एकीकृत सामुदायिक उत्थानशिल परियोजना दार्माको  बैठक आइतबार  सम्पन्न भएको हो ।
बैठकमा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के सी , उपाध्यक्ष जुना मल्ल चन्द  ६ वटै वडाका वडा अध्यक्ष ज्यु हरु दार्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलि लगायत साखा प्रमुख , रेडक्रस उपसाखा पदाधिकारी रेडक्रस आजिबन सदस्य लगाएतको उपस्थित रहेको थियो ।
समिक्षा बैठकमा गत आर्थिक बर्षमा भए गरेका कामको समिक्षा र आगामी कामको बारेमा जानकारी भएको थियो ।
समिक्षा बैठकमा बोल्दै दार्मा पालिका अध्यक्ष एबम प्रमुख अतिथि निम बहादुर के सी ले एकीकृत सामुदायिक उत्थानशिल परियोजना कार्यक्रम मार्फत दार्माका जनसमुदायलाई धेरै फाइदा भएको र आगामी दिनमा पनि अझै सशक्त भनाएर लैजानु पर्नेमा जोड दिनुभएको छ।
नेपाल रेडक्रस सोसाइटी एकीकृत सामुदायिक उत्थानशिल परियोजना दार्माका सभापति अनन्त प्रसाद शर्मा को अध्यक्षतामा बसेको बैठकमा कार्यक्रम अधिकृत रामप्रसाद भण्डारी ले कामको विवरण पेस गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top