होमपेज / समाज
राम प्रसाद शर्मा साउन २४,सल्यान
दार्मा गाउँपालिका सल्यानमा सामुदायिक सस्थाहरुको संजाल गठन गरिएको छ। सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तरगत संजाल गठन गरिएको हो।
पालिकामा संजाल गठनसँगै सामुदायिक सस्थाका सदस्यहरुलाई अभिमुखिकरण समेत गरिएको दार्मा गाउँपालिका सामुदायिक सहजकर्ता कमला शाहीले जानकारी दिनुभयो।
कार्यक्रमबाट अतिराम ओलीको अध्यक्षतामा १३ सदस्यीय पालिका स्तरीय समुदायमा आधारित सामुदायिक समूहको संजाल गठन गरिएको हो ।
जसको उपाध्यक्षमा देबिका बोहरा , सचिव हिमा शर्मा , सहसचिव निर्मला दमाई र कोषाध्यक्षमा उषा चन्द रहनु भएको छ ।
दार्मा गाउँपालिकाका ६ वटै वडामा रहेका मुल समितिबाट संजाल गठन गरिएको हो ।
कार्यक्रममा सहभागी जेष्ठ सदस्य रामचन्द्र शर्माको अध्यक्षता रहेको कार्यक्रममा दार्मा गाउपालिका सल्यानको उपाध्यक्ष एबम कार्यबाहक अध्यक्ष जुना मल्ल चन्दको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि जुना मल्ल चन्द ले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिदै समाज रुपान्तरणमा यस्ता समिति , समुहहरुको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।
समाजमा रहेका व्यक्ति नेतृत्वको बिकास पनि यस्तै समूह , समिति मार्फत हुने बताउदै यसलाई समुदायमा व्यापक गराउनु पर्नेमा जोड दिनु भयो ।





.jpg)