होमपेज / समाज
साउन २१,सल्यान
सल्यानमा जंगली च्याउ खादा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षकि जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका ४ मध्ये बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारि सन्तोष खनालले जानकारी दिनु भयो ।
शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका ४ साइलाकम्दकि ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पबित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी परेका थिए । जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा शनिबार विहान रिफर गरिएको थियो ।
उहाका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका ९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकलि ओलि २३ वर्षीय छोरा प्रकाश ओलि र बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका ४ साइलाकम्दका ४ गरी ८ बिरामी भएका थिए । जसमध्ये ५ जनाको प्रादेशिक अस्पताल सुर्खेत कालागाउ अस्पतालमा उपचार भइरहेको छ भने बाकी दुई जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको खनालको भनाइ छ ।





.jpg)