ट्रेण्डिङ

होमपेज / समाज

विप्लव नेतृत्वका नेता मृत फेला 

  सल्यान खबर डेस्क २०७९ श्रावण १९ गते बिहीबार १२:२५:१७ मा प्रकाशित

साउन १९,सल्यान
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता मृत फेला परेका छन् । 

जिल्लाको बागचौर नगरपालिका १० मोखला नजिकै पार्टीको विशेष कमिटी सदस्य लोकमान केसी (महेन्द्र) बिहीबार बिहान मृत फेला परेका हुन । सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे ठुलीखर्क निवासी केसी मोखलाको जंगल नजिकै घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन । 

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर घटनाको अध्ययन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top