ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

  सल्यान खबर डेस्क २०७९ असार २२ गते बुधबार १९:३२:३९ मा प्रकाशित

असार २२,सल्यान

सल्यानमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका ४ का ७ वर्षीय देवदर्शन रानाको बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आफ्नै घर नजिकको खेती बारीमा बाख्रा चराउने क्रममा अरिङ्गालले टोकी घाइते भएका रानाको मेलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिनु भयो ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top