ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका प्रमुख व्यापारिक केन्द्रहरूमा सरसफाइ

  सल्यान खबर डेस्क २०७९ असार १८ गते शनिबार १६:१०:५५ मा प्रकाशित

असार १८,सल्यान 

सल्यानका प्रमुख व्यापारिक केन्द्रहरूमा सरसफाइ गरिएको छ । जिल्लाका खलङ्गा, श्रीनगर, थारमारे, लुहाम लगायतका क्षेत्रमा स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको समन्वयमा शनिवार प्रमुख बजार क्षेत्र सरसफाइ गरिएको हो । 

सफा र सुन्दर सडक भन्ने सन्देश प्रवाह गर्नका लागि शनिवार जिल्लाका प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेका बजार सरसफाइ गरिएको हो । 

कार्यक्रममा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले स्वच्छ वातावरणका लागि सबै पक्षको सहकार्य जरुरी भएको भन्दै नगरपालिकाले सुरु गरेको सरसफाइ अभियानमा साथ दिने सबैलाई धन्यवाद दिनु भयो । बजारलाई व्यवस्थित बनाउने, सफा र वातावरणमैत्री बनाउने अभियान नगरपालिकाले सञ्चालन गर्ने पनि भण्डारीले बताउनु भयो ।  । 

यस्तै त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले  सफा र स्वच्छ सडक बनाउन सबैलाई हातेमालो गर्न आग्रह गर्नु भयो । वातावरणमैत्री पालिका बनाउन गाउँपालिकाले विशेष जोड दिएको र आगामी दिनमा सबै क्षेत्र, सबै वर्गलाई समेटेर स्वच्छ पालिका बनाउने अभियान सञ्चालन गर्ने जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top