ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको त्रिवेणीमा उत्कृष्ट कृषक पुरस्कारबाट चार कृषक सम्मानित

  सल्यान खबर डेस्क २०७९ असार १६ गते बिहीबार १७:३४:३५ मा प्रकाशित

असार १६,सल्यान 

गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट सल्यानको त्रिवेणी गाउँपालिकाका चार कृषक सम्मानित भएका छन् । कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरे बापत गाउँपालिकाले सम्मान गरेको हो । 

गाउँपालिका अध्यक्ष सर्वोत्कृष्ट पुरस्कारबाट त्रिवेणी गाउँपालिका वडा  ५ ढोरचौर बाख्रा पालन व्यवसायी नेत्रलाल खड्का सम्मानित हुनु भएको छ । उहाँले नगद रु ५० हजार सहित सम्मान पत्र गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले प्रदान गर्नुभएको हो । यस्तै गाउँपालिका अध्यक्ष उत्कृष्ट पुरस्कारबाट त्रिवेणी ४ फलाबाङमा भैसीपालन गर्दै आउनु भएका कुल बहादुर भण्डारीले रु २० हजार सहित सम्मान पत्र पाउनु भएको छ ।

 त्रिवेणी २ का कर्ण बहादुर थापा  र त्रिवेणी ६ सिमापाखाका रत्न बहादुर  रेउलेले तरकारी खेतीबाट गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट रु २० हजार सहित सम्मानित हुनु भएको छ । 

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सिता खड्काले पुनले कृषि क्षेत्रमा पछिल्लो समय केही सुधार देखिएको बताउँदै धेरै मेहनत गरेर राम्रो काम गरेका किसानहरूबाट अरूले पनि सिक्नु पर्ने बताउनु भयो । किसानलाई प्रोत्साहन गर्न सके मात्र यस क्षेत्रको रूपान्तरण सम्भव हुने पुनको दाबी रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top