ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका किसानलाई आधुनिक कृषि औजार वितरण

  सल्यान खबर डेस्क २०७९ असार १४ गते मंगलबार १४:५१:४० मा प्रकाशित

असार १४,सल्यान

 आधुनिक खेतीतर्फ किसानलाई आकर्षण गर्न सल्यानका किसानलाई आधुनिक कृषि यन्त्र वितरण  गरिएको छ । जोत्नका लागि पावर तथा मिनी टेलर, डिजिटल तराजु, ठेला, थ्रेसर, लगायतका कृषिजन्य यन्त्र किसानलाई वितरण गरिएको हो । 

परम्परागत खेतीलाई आधुनिकीकरण गर्ने लक्ष्यका साथ औजार वितरण  गरिएको शारदा नगरपालिका कृषि शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिनु भयो । शारदा नगरपालिकाको ५० प्रतिशत अनुदानमा वडा न ८ का ७० किसानलाई कृषि यन्त्र वितरण गरिएको उहाँको भनाई छ । 

 परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको उहाँले बताउनु भयो । कृषि कर्मलाई सजिलो गर्ने उद्देश्यले कृषि औजारहरू वितरण गरिएको उहाँको भनाई छ । 

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत लागतमा कुमाख गाउँपालिकामा धान गहुँ थ्रेसर वितरण गरिएको छ । क्षेत्र विस्तार योजना अन्तर्गत थ्रेसर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यालय रागेचौरका इन्चार्ज हेमन्त रावतले जानकारी दिनु भयो । 

परम्परागत रुपमा खेती गर्दै आएका किसान आधुनिक मेसिन पाउँदा खुसी भएका छन् । व्यावसायिक कृषि गर्न आधुनिक कृषि औजारले निकै सहज हुने शारदा नगरपालिका ८ का किसान टेक बहादुर वलीले बताए । जनशक्तिको अभाव र गाई गोरु पाल्न छाडेपछि बाझिँदै गएको खेतबारी जोत्न मिनी टेलर निकै उपयोगी हुने उहाँको भनाई छ । उहाँले भन्नु भयो गाउँघरमा जोत्नका लागि गोरु पाल्न छाडिसकियो, काम गर्ने जनशक्ति पनि छैन । जसले गर्दा खेतीयोग्य जमिन दिन प्रतिदिन बाँझो बन्दै गएको छ । 

थोरै समय र लागतमा मिनी टेलरको माध्यमबाट खनजोत गर्न सकिने भएपछि निकै सहज भएको अर्का किसान मान बहादुर कँवरले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top