ट्रेण्डिङ

होमपेज / समाज

भालुको आक्रमणबाट सल्यानमा वृद्धा घाइते

  सल्यान खबर डेस्क २०७९ असार १० गते शुक्रबार १९:१६:५२ मा प्रकाशित

असार १०,सल्यान
भालुको आक्रमणबाट सल्यानमा एक वृद्धा घाइते भएकी छन् । जिल्लाको कालिमाटी गाउँपालिका ५ हात्तिदमारकी ६० वर्षीया चन्द्रकला बुढालाई भालुले आक्रमण गरेको हो ।
 

भुसाबारी मध्यवर्ती सामुदायिक वनमा बाख्रा चराउन गएकी बुढालाई शुक्रबार दिउँसो भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उहाँको दमदुवाली स्वास्थ्य चौकीमा सामान्य उपचार पछि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top